इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा नेपाली कांग्रेस सुनसरीले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानको अन्तिम दिन जिल्ला भेला सम्पन्न गरेको छ ।
नेपाली कांग्रेसले जिल्लाको १२ स्थानीय तहको १२४ वटै वडामा पार्टीको सम्र्पक र पार्टी कार्यालय स्थापनादेखी टोल तथा वडा भेला कार्यक्रम सम्पन्न गरेको जिल्ला भेलामा जनाएको छ ।
जिल्लाभरीका उम्मेदवारका आकाक्षीहरुको उपस्थितीमा जिल्ला भेला सम्पन्न भएको पार्टी जिल्ला सचिव विरेन्द्र साहले जानकारी दिए । कार्यक्रममा प्रत्येक क्षेत्र र पालिकाबाट पार्टीको ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान सफल पार्ने काम भएको र विगतमा ९ स्थानीय तह जितेकोमा यसपाली सबै क्षेत्र जित्ने गरि तयारी भएको वत्ताहरुले दावी गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरुले पार्टीको जितका लागि योग्य, इमान्दार र जनताको भावना बुझ्न सक्नेलाई उम्मेदवार बताउनुपर्नेमा जोड दिएका थिए ।
वक्ताहरुले जिल्लाका ४ नगरपालिका, २ उपमहानगरपालिका र ६ गाउँपालिकामा निर्वाचन केन्द्रित प्रशिक्षण, टोल भेला, गाउँभेला, वडा भेला तथा गाउँ र नगरभेला हुदै जिल्ला भेलासम्म आएको र यस क्रममा सम्पन्न गरिएका कार्यक्रममा सहभागीहरुको उत्साह, पार्टी प्रवेश गर्ने लहर र प्रतिकृयाले पार्टी राम्रो मत सहित निर्वाचनमा विजयी हासिल गर्ने दावी गरेका छन् ।
कार्यक्रममा नेपाली काग्रेंसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले पार्टीका जो कोही नेताले टिकट पाएपनि काग्रेंसले नै जित्ने भएकाले टिकट कसले पायो भन्दा पार्टीलाई कसरी मजबुत बनाउने र जिताउने भन्ने तर्फ ध्यान दिन आग्रह गरेको छ । नेपाली काग्रेंस सुनसरी पार्टी कार्यालयमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै गच्छदारले पार्टीमा एक पद एउटा उम्मेदवार उठाउने भएकाले त्यसमा चित नदुखाई पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
गच्छदारले जाली फटाहाको कुरा गर्ने र नागरिकलाई गुम्राहामा पार्ने कम्युनिष्ट पार्टीको विरूद्धमा लड्नुपर्ने बेला भएको बताएका छन् । मंगलबार नेपाली कांग्रेसको जिल्ला भेलालाई सम्बोधन गर्दै सभापति गच्छदारले नेपाल कम्युनिष्ट पार्टी एमालेले गरेको कर्तुतहरुको विरुद्ध खिलापमा लड्नुपर्ने बेला आएको बताएका हुन् ।
विगतमा एमाले सरकारले झुठा नारा दिएर, जनतालाई बहकाएर, महिलाहरुलाई बहकाएर आफू सत्तामा पुगेको र आफ्नै कारणले पतन भएकोले अव स्थानीय तहको निर्वाचनमा पत्तासाफ गर्र्नुपर्नेमा बताए ।
गच्छदारले नेपाली कांग्रेस पार्टी भित्र महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको र महिलालाई पार्टीमा आकर्षित नगराए पार्टीको जित नहुने भएकाले महिलालाई अवसर दिने उनको भनाई छ ।
कार्यक्रममा नेपाली काग्रेंसका केन्द्रिय सदस्य राजिव कोईराला, संघीय सासद सिताराम मेहता, प्रदेश सांसद ताहिर मियाँ, सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, अध्यक्ष, उपाध्यक्ष , वडा अध्यक्ष, सदस्यहरुको उपस्थिती रहेको थियो ।
जिल्ला भेला सुनसरी सभापती केदार भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post