इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा बाख्रा वितरण गरिएको छ ।
लघु उद्यमको विकास र प्रबद्र्धन अन्तरगत गरिबी निवारणमा पहुँच पुग्ने उदेश्यले बाख्रा वितरण गरिएको सुचना तथा प्रविधि अधिकृत सन्देश तिम्लिसिनाले जानकारी दिए ।
लघु उद्यम विकास कार्यक्रम अन्तरगत भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ६ मा बाख्रापालन सम्बन्धि तालिम लिएका १४ जना उद्यमीहरुलाई विउ पुञ्जि बापत जनहि १-१ वटाका दरले बाख्रा वितरण गरिएको बताए ।
उनले बताए अनुसार व्यवसाय स्थापना तथा सञ्चालनका लागि उद्यमीहरुलाई विउ पुञ्जि बापत जनहि १-१ वटाका दरले १४ थान बाख्रा वितरण गरिएको हो ।
भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ६ मा गरीबीको रेखामुनि रहेको, शिक्षा, स्वास्थ्यजस्ता मानव विकासका सूचकहरुका आधारमा पिछडिएको र निश्चित लिंगगत तथा सामाजिक समूहका आधारमा छनौट गरी उद्यमीहरुलाई बाख्रा वितरण गरेका छन् ।
बाख्रा वितरण कार्यक्रम भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी मेहताको अध्यक्षता गरिएको थियो भने सो कार्यक्रममा वडा नं.६ का वडाध्यक्ष राजेश्वर प्रसाद साह, गाउँपालिकाको आन्तरीक लेखा परिक्षक विज्ञान बन्जारा, योजना शाखाका योजना सहायक रामचन्द्र यादव, रोजगार संयोजक शोभा कुमारी मेहता, उद्यम विकास सहजकर्ता द्धय अशोक कुमार उराँव, पुजा परियार लगायतको उपस्थिती रहेको थियो ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post