इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा नेकपा एमालेले आयोजना गरेको बृहत कार्यकर्ता जनभेला तथा पार्टी प्रवेश कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादव पार्टी प्रवेश गरेका छन्।
गाउँपालिका अध्यक्ष मात्र नभई महेन्द्र प्रसाद यादव विकास प्रेमी अध्यक्षको रुपमा चिनिने गरेकोमा अहिले पार्टी प्रवेश गरेसँगै एमालेको तर्फबाट पुनः गाउँपालिका अध्यक्षको टिकट पाउँने चर्चा हुन थालेको छ ।
यादवलाई नेकपा एमाले अध्यक्ष ओलीले फरक शैलीबाट दुवोको माला, अबिर र गम्छा ओढाएर पार्टी गराउँदैँ पार्टीमा मधेशी पहाडी नभनीकण सम्मान रुपमा व्यवहार गर्ने वचन दिए ।
ओलीले यादवलाई पार्टीमा प्रवेश गरेकोमा स्वागत सहित बधाईदिदैँ पार्टी भित्र न्याँय दिदैँ सम्मान गर्ने बचनवद्धाता दिएपछि यादव मुस्कुराउदै ओलीको छेउमा थच्क्क बसे । यादव मंगलबार मात्रै जसपा नेपालबाट निस्काशित भएको बेला हासोँ हराएकोमा ओलीको टीका र मालाले मुस्कान ल्याएभने खुशीको सीमा नै रहेन्न् ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post