इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा आयोजित नेकपा एमालेको बृहत् कार्यकर्ता जनभेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा विकास स्थानीय तह निर्वाचन २०७९ जित्नुपर्ने अपरीहार्य रहेको बताए ।
एमाले अध्यक्ष ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै देशको विकास, सुशासन र समृद्धिका लागि नेकपा एमालेलाई स्थानीय तह निर्वाचनमा जिताउनुपर्ने आवश्यक रहेको बताएको हो ।
बुधबार आयोजना गरेको बृहत् कार्यकर्ता जनभेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै देशमा विकास, समृद्धि र सुशासनका लागि एमाले बाहेकको विकल्प नरहेको बताए ।
ओलीले विभिन्न संस्कृति, संस्कार, भाषाभाषी र भूगोलमा बस्ने सम्पूर्ण नेपालीको साझा अभियानबाट सङ्घीय गणतन्त्र र जनतामा सार्वभौमसत्ता निहित गर्ने महान् अभियानमा सरिक बनाउने कार्यमा पार्टी लागेको बताउदँै विकासका लागि एमाले चाहिएको बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले नेपालमा रेल चलाउने, भुकम्पबाट प्रभावित भएकाहरुलाई बस्ने घर, धराहारा, रानीपोखरी, ध्वस्त भएका धार्मिक स्थलहरु र महत्वपूर्ण क्षेत्रहरुको पूर्नःनिर्माणको काम एमालेले गरेको दावी गरे । उनले नेपालको पानी नेपालीको लागि प्रयोग हुनुपर्नेमा जोड दिँदै उद्यमी, व्यवसायीले पर्यटन र निर्यातमुखी उद्योग स्थापना गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने र यसमा आफ्नो पार्टीले सक्दो सहयोग गर्ने उल्लेख गरे ।
फरक प्रसंगमा स्थानीय तहको निर्वाचनमा निर्वाचित भएकाहरुले स्थानीय आवश्यकतामा आधारित विकास गर्ने भएकाले त्यसमा इमान्दार एमालेका उम्मेदबारहरुलाई जिताउनुपर्नेमा जोड दिए ।
ओलीले मुलुकको विकास र समृद्धिका लागि नेकपा (एमाले) नेतृत्वको सरकार बन्नुपर्ने समेत बताए ।
उनले आफू प्रधानमन्त्री भएको बेला विकास र समृद्धि देख्न नसक्ने शक्तिले आफूलाई अदालत गएर हटाएको आरोप लगाए ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेले गरेका राम्रा काम जनताका बीचमा राखेर लैजानुपर्ने बताए ।
उनले भने, ‘कयौ अस्पातलहरुको शिलान्यास एकसाथ गरिएको, कयौ जिल्ला सदरमुकामदेखि पालिकासम्म जोड्ने सडक कालोपत्रे गर्न शिलान्यास गरेको भएपनि अहिलेको सरकारले काम गर्ने क्षमता नभएर सबै योजना काटेको आरोप लगाउँदै पुनः एमालेको सरकार आए काम अगाडि बढाउने दावी गरे ।
उनले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने कोही कसैको कार्यलाई कहिले पनि सफल हुन नदिने दृढता व्यक्त गर्दै जनप्रतिनिधिविहीन स्थानीय पालिका बनाउने षड्यन्त्रलाई नेपाली जनताले नमान्ने बताए । ओलीले आफू प्रधानमन्त्री हुँदा हुलाकी राजमार्ग र पूर्वपश्चिम राजमार्गको स्तरोन्नति गर्ने कार्यलाई तीव्रता दिएको तथा विभिन्न विमानस्थलको विस्तार गरी रात्रि सेवा सञ्चालन गराएको दाबी गरे ।
Discussion about this post