इनरुवा । आसन्न स्थानीय तहको निर्वाचनका लागि गाउँपालिका भित्र रहेका मतदान स्थल तथा निर्वाचन अधिकृतको कार्यालय रहने स्थानको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् ।
भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताको संयोजकत्वमा खटिएको टोलीले अनुगमन तथा निरीक्षण गरिएको हो ।
वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि मतदान स्थल तथा निर्वाचन अधिकृतको कार्यालय रहने स्थानहरूमा स्थलगत अनुगमन तथा निरीक्षण गरीएको भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेहताले जानकारी दिए ।
अनुगमनका क्रममा मतदानस्थलहरुमा पूर्वाधारको अवस्था, खानेपानीको सुविधा, सञ्चारको उपलब्धता र सुरक्षा वस्तुस्थिति लगायतका बारेमा जानकारी लिएको बताए ।
निर्वाचनमा कुनै पनि कमजोरी हुन नदिने र मतदान स्थलमा कम्पाउण्डवाल, घेराबेरा नगरिएका तथा सुधार गर्नुपर्ने मतदानस्थलको व्यवस्थापन गर्नका लागि स्थलगत अनुगमन गरिएको अधिकृत मेहताले बताए ।
अनुगमनका क्रममा भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेहताले प्रदेश प्वाइन्ट अनलाइन पत्रिकासँग कुरागर्दै भने ‘सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै शान्तिपूर्ण र भयरहित निर्वाचन गराउनका लागि मतदान स्थलमा देखिने समस्या समाधान गर्दै अघि बढ्ने जानकारी दिए ं।’
सो अनुगमनमा भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहता, शिक्षा शाखा प्रमुख रमेशचन्द्र तिम्सिना, योजना शाखाका योजना सहायक रामचन्द्र यादव लगायतको उपस्थिती रहेको थियो ।
Discussion about this post