इटहरी । पूर्वी नेपालमै सर्वाधिक लोकप्रिय तथा, उच्च स्तरीय इटा उत्पादन गर्दै आएको प्रतिष्ठान आनन्द ग्रुपले नयाँ वर्ष २०७९ सालको शुभ अबसरमा बैशाख १ गतेदेखि आफ्नो ब्राण्डको इटा खरिद गर्ने प्रत्येक ग्राहकहरूलाई ३ – ३ हजार खरिदमा स्क्राच कुपन मार्फत आकर्षक पुरस्कार प्रदान गर्ने विशेष कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
सबै ग्राहकले मन पराएको ठूलो साइजको आनन्द र अनन्त ब्राण्डको इटा उत्पादन गर्दै आएको सफल व्यवसायिक प्रतिष्ठान आनन्द ग्रुपले नयाँ वर्षमा गृह निर्माण गर्ने तथा अन्य सबै प्रकारका निर्माण कार्यका लागि गुणस्तरीय इटा खरिद गर्ने ग्राहकहरु यो कार्यक्रमबाट लाभान्वित हुने बताइएको छ ।
स्क्राच कुपन मार्फत ग्राहकहरुलाई बम्पर उपहारको रुपमा होण्डा कम्पनीको स्कुटी,त्यसै गरी सुनको सिक्का ५ ग्रामको, टेलिभिजन ३२ इन्चको,फ्रिज १९० लिटरको, चाँदीको सिक्का ४० ग्राम प्रदान गरिने , साथै रु १५ सय र ३ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
आनन्द र अनन्त इटा खरिद गर्दा पाइने स्क्रयाच कुपनबाट थुप्रै ग्राहकहरू लाभान्वित हुने कम्पनिले जनाएको छ ।
उक्त कुपनमा एउटा न एउटा उपहार अवस्य पर्ने ग्राहकहरूको हात खाली नहुने पनि कम्पनीले जनाएको छ ।
डबल धमाकाको विशेष योजना अन्तरगत ग्राहकहरुले झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा रहेको डिलर, विक्री केन्द्र र हेड अफिस बिराटनगरमा सम्पर्क गरी इटा खरिद गरेर स्क्राच मार्फत उपहार जित्न सक्ने जनाइएको छ ।
वि. संं. २०५० साल देखि पूर्वी नेपालमा गुणस्तरीय इटा उत्पादन गर्दै आएको आनन्द ग्रुपले व्यवसायिक गतिविधिका साथै सामाजिक उत्तरदायित्व निर्वाहको क्षेत्रमा समेत आफूलार्इ सदैब समर्पित गर्दै आएको छ ।
Discussion about this post