इनरुवा । यति बेला सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकामा सबै राजनीतिक दलको ध्यान केन्द्रित भएको छ ।
स्थानीय तह निर्वाचन २०७९ मा चार वटा प्रमुख दल मध्ये कसले प्रतिनिधित्व गर्ने विषयमा सबै राजनीतिक दलको ध्यानकेन्द्रीत भएको राजनीतिक विश्लेषकहरुको कथन छ ।
गत स्थानीय तह निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघिय समाजवादी फोरम नेपालबाट महेन्द्र प्रसाद यादवले भोक्राहा नरसिंह गाउँपालिका नेतृत्व गरेको थियो । यसपालि भने यादव जसपा नेपाल परित्याग गरी नेकपा एमालेको तर्फबाट अध्यक्षमा मनोनायन दार्ता गराएका छन् भने यादवको तत्कालीन पार्टीबाट उनकै मीत नाम जुर्ने महेन्द्र यादव(सानो) प्रतिष्पर्धामा छन् , त्यस्तै बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भोक्राहा नरसिंह गाउँपालिकाबाट नेपाली कांग्रेसका तर्फबाट अजमल आजाद अंसारी र राप्रापाबाट रामप्रसाद यादव सहित मुख्य चार जना प्रतिष्पर्धि चुनावी मैदानमा उत्रेका छन् ।
कांग्रेसका अजमल आजाद अंसारी गत स्थानीय तहको चुनावमा आफ्नै सहकर्मी इस्राइल मंसुरीको उम्मेदवारी पछि महेन्द्र यादवसँग पराजीत भएका उम्मेदवार हुन भने रामप्रसाद यादव साविक नरसिंह गाविसका अध्यक्ष तथा नेपाली कांग्रेसका गाउँ स्तरीय प्रभावशाली नेता समेत भएकाले कडा प्रतिष्पर्धा हुने आंकलन गरिएको छ ।
प्रमुख चार उम्मेदवार मध्ये दुई जना कांग्रेस पृष्टभुमि र दुई जना जसपा नेपालका पृष्टभुमिबाट रहेको भएपनि चारै जना अहिले फरक फरक पार्टीबाट उम्मेदवार बनेका छन् ।
स्थानीयका अनुसार रोचक कुरा के छ भन्ने ? एकै ठाउँमा एउटै भोट बैँक भएको यादव समुदायबाट तीन जना ठुला प्रतिष्प्रधि रहेका छन् भने मुस्लिम समुदायबाट एक जना मात्रै शक्तिशाली प्रतिष्प्रधि रहेकाले कांग्रेसको पल्ला भारी देखाएका छन् ।
स्थानीय तह निर्वाचन २०७९ मा भोक्राहा नरसिंह अध्यक्ष पदका लागि नेपाली कांग्रेस पार्टीबाट अध्यक्ष पदमा अजमल आजाद अंसारी, निवर्तमान गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादव नेकपा एमालेबाट चुनावी मैदानमा उत्रेका छन् । भने उता जसपा नेपालबाट अर्का महेन्द्र यादव र राप्रापाबाट रामप्रसाद यादव चुवानी मैदानमा उत्रेका हुन् ।
चार दलबाट चार जना अध्यक्ष पदको उम्मदवारी दिएसँगै भोक्राहा नरसिंह गाउँपालिकाका मतदाताहरुमा चु्नावी सरगर्मी बढेका छन् ।
उता गाउँपालिका अध्यक्ष पदमा स्थानीय निर्वाचन अधिकृतको कार्यालय भोक्राहा नरसिंह गाउँपालिकामा उम्मेदारी मनोनायन दार्ता गराएका मध्ये ४ पार्टीबाट ४ जना योग्य उम्मेदवार रहेकाले मतदाताहरुले कसलाई छान्ने विषयमा चर्को बहस समेत सुरु भइसकेको छ ।
Discussion about this post