भावना ऋषिदेव/इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा युवा नेता उमेश मेहताले आफ्नो उम्मेदवारी दार्ता गराएका छन् ।
स्वच्छ छवीका इमान्दार र समाजसेवी युवा उमेश मेहताले नेपाली कांग्रेस पार्टी परित्याग गरेर जसपा नेपालबाट उम्मेदवारी दार्ता गराइएको हो ।
मेहता समाजसेवामा सधै अग्रसर भई काम गरेका कारण उनलाई स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्ष पदमा जसरीपनि निर्वाचित गराउने पक्ष भोक्राहा नरसिंह गाउँपालिकाका युवाहरु लगिपरेको स्थानीय मतदाताहरुको कथन छ ।
उनले किसानहरुको सुख, दुःखमा साथ दिने समाजसेवी युवा भएकाले स्थानीय तह निर्वाचनमा भोक्राहा नरसिंह गाउँपालिकाको वडाध्यक्ष पदमा जिताउनुपर्ने स्थानीय मतदाताहरुले आफ्नो अडान् राखेका छन् ।
मेहताले मुलुकमा रसायनीक मल हहाकार भएको बेला भोक्राहा नरसिंह गाउँपालिका वडा नं.१ का किसानहरु मत्रै नभई अन्य वडाका किसानहरुको दुःखमा साथ दिएका कारण उनलाई यसपालिको निर्वाचनमा जिताउनुपर्ने स्थानीय मतदाताहरुको कथन छ ।
वडाध्यक्ष पदमा उम्मेदवारी दिएका मेहता गत आर्थिक वर्षमा किसानहरुको लागि रसायनिक मल मात्रै होइन् , स्थानीय पालिका अन्तरगत रहेको कृषि शाखाले उपलब्ध गराइएको ५० प्रतिशत अनुदान रकममा स्थानीय किसानहरुको घाउँमा मलहम लगाउने काम समेत गरेका व्यक्ति हुन् ।
त्यस्तै यसै आर्थिक वर्षपनि किसानहरुलाई अनुदानमा मकै बिउ वितरण, उन्नत जातको मकै गरेका किसानहरुले लगाएका मकै बालीको समेत अनुगमन गरेका कारण उनको नाम वडामा चर्चाको विष बनेका छन् ।
Discussion about this post