• pradeshpoint
  • Pradeshpoint
Monday, April 20, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

शहिद रंगशाला विराटनगरमा रात्रीकालिन फुटबल प्रतियोगिता

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ फाल्गुन ५ गते, १९:१२ बजे प्रकाशित
in FEATURE, मुख्य पाना, स्थानीय खबर
शहिद रंगशाला विराटनगरमा रात्रीकालिन फुटबल प्रतियोगिता
24
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । शहिद रंगशाला विराटनगरमा फ्लड लाईटको परीक्षण गरिएको छ । मंगलबार साँझ जनप्रतिनिधि, खेलकर्मी, प्राविधिक लगायतको उपस्थितिमा फ्लड लाईटको परीक्षण गरिएको हो । फ्लड लाइट जडानको काम करिब सकिएको निर्माण पक्षले जनाएको छ ।गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभीवीच सहिद रंगशालामा फ्लड लाइट जडानको सम्झौता भएको थियो । २१० दिनभित्र काम सक्ने सम्झौता भएपनि कोरोनाका कारण निर्धारित मितिमा काम सम्पन्न गर्न नसकीएको कार्की बन्धु अमर जेभीवीच प्रवन्ध निर्देशक गणेश कार्कीले बताए । कोरोनाका कारण सम्झौता अवधि गुज्रिएपछि तत्कालिन सामाजिक विकास मन्त्री जीवन घिमिरेले चालु आर्थिक वर्ष भित्रमा फ्लड लाइट जडानका लागि लिएको पहलका कारण काम सम्पन्न भएको उनले बताए । नेपालमै नयाँ परियोजना भएका कारण काम गर्न धेरै चुनौति भएपनि सम्पन्न गर्न सफल भएको उनले बताए । एकसाता भित्रमा काम सम्पन्न गरेर सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरिने कार्कीले बताए ।

फ्लड लाईटको परीक्षणको अवलोकन गर्दै निर्वमान सामाजिक विकास मन्त्री घिमिरेले प्रदेशवासीका लागि गौरवको आयोजना तयार भएको बताए । उनले सवैको साथ सहयोगले रंगशालामा फ्लड लाईट स्थायी व्यवस्थापन भएको बताए । उनले संवन्धित निकायले फ्लड लाईटको दिगो व्यवस्थापनका लागि आवस्यक कार्यविधि मापदण्ड बनाउन आवस्यक रहेको बताए ।
अखिल नेपाल फुटवल संघ ९एन्फा०का सहायक महासचिव वसन्त अर्यालले फ्लड लाईटको जडानका कारण रात्री कालिन प्रतियोगिता सञ्चालनका लागि सहज हुने बताए । उनले गर्मी मौसममा पनि प्रतियोगिता आयोजना गर्न सकिने बताए । अर्यालले भने,‘ चैत–वैशाखको समयमा पनि प्रतियोगिता गर्न सकिने भयो ।’ विराट गोल्डकपले मात्र रंगशालाको लागत धान्न नसक्ने भएकाले महिला लिग, मुख्यमन्त्री कप, प्रदेश स्तरिय प्रतियोगिताहरु, प्याव्सन, हिसानले आयोजना गर्ने प्रतियोगिता पनि रात्रीकालिन गरेर आम्दानी बढाउनुपर्ने बताए । दशरथ रंगशाला व्यवस्थापनको जिम्मेवारी एन्फाले लिए जस्तै यहाँपनि कार्यविधि बनाउन आवस्यक रहेको उनको सुझाव छ ।

शहिद रंगशालामा प्रतियोगिता बाहेकका अन्य गतिविधिमा रोक लगाउनुपर्ने जिल्ला खेलकुद विकास समिति मोरंगका पुर्वअध्यक्ष किशोरलाल अमात्यको सुझाव छ । मैदानलाई बर्षैभरि हरियो राख्नका लागि प्रशिक्षण पनि गर्न नहुने उनले बताए । प्रशिक्षणका लागि अन्यत्र नै व्यवस्थापन गर्नुपर्ने अमात्यले बताए । फ्लड लाईट व्यवस्थापन हेर्दै आएका सामाजिक विकास मन्त्रालयका उपसचिव अम्विका चौलागाईले सरकारले जहिल्यै खर्च व्यवहोर्न नसक्ने भएकाले आवस्यक कार्यविधि र मापदण्ड बनाएर सञ्चालन गर्नुपर्ने बताए । कार्यविधि बनाएर सञ्चालन गर्न सकिए आवस्यक मर्मत सम्हारमा समस्या नहुने उनले बताए ।

शहिद मैदानको चार कुनामा जडान गरिएको १ सय ८ फिट अग्लो मास्टमा १ सय ८ वटा बल्व जडान गरिएको छ । सामाजिक विकास मन्त्रालयले कार्की बन्धु अमर जेभीलाई ४ करोड २९ लाख रुपैयामा ठेक्का दिएको थियो । फ्लड लाईट सञ्चालनका लागि प्रतिघण्टा २७ लिटर डिजल खर्च हुने प्राविधिकले बताएका छन् । लाईट जडानको काम गरेको भारतको ट्रान्सरेल लाईट लिमिटेडका केएन सत्यालले लाईट जडान राम्रो भएको बताए । उनले रात्रीकालिन प्रतियोगिता आयोजनाका लागि लाईट ठिक रहेको बताए । उनले अहिले परीक्षणका क्रममा सामान्य सुधार गर्न आवस्यक देखिएको बताए । उनले भने,‘ सुधारको काम दुईदिन भित्रमा सक्छौं ।’

Tags: प्रतियोगिताफुटबलरात्रीकालिनविराटनगरमाशहिद रंगशाला

Related Posts

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान
FEATURE

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
0

इनरुवा । सुनसरी जिल्लामा यस वर्ष गहुँ उत्पादनमा कमी आउने संकेत देखिएको छ। खेती सुरु हुने समयमा पर्याप्त वर्षा नहुनु र...

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा
FEATURE

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
0

काठमाडौं । पछिल्लो समय नेपालमा सम्बन्धविच्छेदका मुद्दा तीव्र रूपमा बढ्दै गएका छन्। सामान्य पारिवारिक मतभेददेखि वैदेशिक रोजगारी, आर्थिक दबाब, सामाजिक...

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist