• pradeshpoint
  • Pradeshpoint
Friday, May 15, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

स्वास्थ्य तर्फका कर्मचारीको समायोजन

प्राथमिकतामा प्रदेशबाट स्थानीय तहमा जानेहरू

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ फाल्गुन ५ गते, १९:३३ बजे प्रकाशित
in FEATURE, मुख्य पाना, स्थानीय खबर
स्वास्थ्य तर्फका कर्मचारीको समायोजन
88
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यतर्फका कर्मचारी समायोजन मिलानका लागि फागुन १६ गतेसम्म निवेदन माग गरेको छ । कर्मचारी समायोजनरमिलानसम्बन्धी मापदण्ड, २०७७ मा व्यवस्था भएअनुसार समायोजन मिलानको लागि इच्छुक कर्मचारीले तोकिएको ढाँचाको आवेदन र सहमति पत्रसहित निवेदन दिन मन्त्रालयले आग्रह गरेको हो ।

कर्मचारी समायोजन प्रक्रिया चलिरहेको समयमा कोभिड(१९ महामारी आएपछि सरकारले स्वास्थ्य सेवाका कर्मचारीलाई जो जहाँ छ त्यहीँ बसेर काम गर्न निर्देशन दिएको थियो ।जसका कारण स्वास्थ्य समायोजनले पूर्णता पाएको थिएन । कतिपयको समायोजन निर्णय भए तापनि पत्र लिइसकेका थिएनन् भने कतिपय दरबन्दी नभएका ठाउँमा बढी समायोजन भएका थिए ।

अन्य सेवाका कर्मचारीको समायोजन मिलान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरिरहेको छ । तर स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलानका लागि सामान्यले विशेष अधिकार नै दिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आफैँ गर्न भनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन महाशाखा प्रमुख दामोदर रेग्मीले जानकारी दिए ।

‘धेरै समूह र विधाका कर्मचारी भएका कारण पनि अन्य समूहभन्दा स्वास्थ्य सेवाको कर्मचारीको समायोजन सुरुवाती चरणबाटै जटिल बन्दै गएको थियो ‘ उनले भने, ‘योजना अनुसार काम अघि बढ्यो भने फागुन महिनाभित्रमा हामी समायोज मिलान सक्छौं ।’

स्वास्थ्य सेवामा २९ समूह, ४४ विधा गरी ३२ हजार कर्मचारी कार्यरत छन् । तिनै कर्मचारीले संघबाट प्रदेश र स्थानीय तह, प्रदेशबाट प्रदेश, प्रदेशबाट स्थानीय तह तथा स्थानीय तहबाट स्थानीय तहमा समायोजनर मिलानको लागि निवेदन दिन सक्नेछन् । समायोजनमा जान जाहेको कर्मचारीले समायोजनमा जान चाहेको स्थानमा दरबन्दी रिक्त हुनुको साथै समायोजन भएको तहबाट अहिले समायोजन हुन चाहेको तहको पूर्वसहमतीको पत्र बुझाउनु पर्नेछ । त्यसैगरी, संघका कर्मचारी स्थानीय तहमा जादाँ जागिर खाएको अवधि ३ वर्ष पुगेको हुनुपर्नेछ ।

कर्मचारी समायोजनरमिलान गर्नको लागि मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेलको संयोजकत्वमा ६ सदस्यीय समायोजन मिलान सिफारिस समिति बनाएको मन्त्रालयका प्रशासन महाशाखा रेग्मी बताउँछन् ।

रेग्मीका अनुसार २९ माघमा स्वास्थ्य मन्त्रीस्तरीय निर्णय गरी बनेको स्वास्थ्य सेवा कर्मचारी समायोजन मिलान व्यवस्थाअनुसार काम गर्नका लागि सो समिति बनाइएको हो ।

समितिमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दिपेन्द्र रमण सिंह, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा। वासुदेव उपाध्यय, औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई, मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका प्रमुख सह(सचिव रेग्मी, कानुन शाखाका उपसचिव मानबहादुर क्षेत्री र कर्मचारी प्रशासन महाशाखाका उपसचिव सदस्य रहेका छन् ।

सो समितिलाई समायोजन मिलानका लागि प्रक्रिया पुगेर आएका निवेदनलाई स्वीकृत गर्ने, माग भएअनुसार कागजपत्र नभएकालाई पुनः कागजात मागी निर्णय गर्ने, विशेष अवस्था ९फाजिलमा रहेका, दरबन्दी बढी भएका ठाउँमा रहेर समस्या भएका, पहिले पत्र नुबझेका, स्थान फरक परेका आदि० रहेकाहरुको निर्णय गर्ने अधिकार दिइएको छ । त्यसैगरी प्रक्रिया नपुगेकाको समायोजन मिलान रद्द गर्ने, पुरानो दरबन्दीमा रहेको तर नयाँमा जाने अवस्था नभएकोलाई रद्द गर्ने अधिकार छ ।

मन्त्रालयले समायोजनको पहिलो प्राथमिकतामा प्रदेशबाट स्थानीय तहमा जान चाहने कर्मचारीलाई राखेको छ । त्यसैगरी प्रदेशबाट संघ, प्रदेशबाट प्रदेश, संघबाट संघका कर्मचारी त्यसपछिका समायोजन मिलानका प्राथमिकतामा छन् । प्रशासन प्रमुख रेग्मीले भने, ‘कर्मचारी समायोजनरमिलान सम्बन्धी मापदण्ड, २०७७ अनुसार हामीले कर्मचारी समायोजन मिलान गर्ने भए तापनि त्यसको सम्पूर्ण अधिकार स्वास्थ्य मन्त्रालयलाई छ, केही निर्णय मन्त्रालय आफैँले गर्न सक्छ ।’

समायोजन ऐन २०७४ अव्यावहारिक

समायोजन ऐन(२०७४ व्यावहारिक नभएको भन्दै धेरै गुनासो परेपछि २०७७ भदौ १को मन्त्रीस्तरीय निर्णय गरी समस्या सम्बोधन गर्न समायोजन मिलान गर्न सक्ने निर्णय गरेको थियो । त्यतिबेला संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने निर्णय गरिएको थियो ।

पुरानो ऐन अव्यावहारिक रहेको निष्कर्ष निकालेपछि सामान्य प्रशासन मन्त्रालयले ७ माघमा कर्मचारी समायोजन मिलानसम्बन्धी कार्ययोजना ल्याएको थियो । त्यसमा स्थानीय तहमा जाने कर्मचारीले जाने र छोड्ने दुवै तहका प्रमुख र प्रशासकीय प्रमुखको हस्ताक्षर भएको खाली दरबन्दीको पत्र पेस गर्नुपर्ने, संघको कर्मचारी प्रदेश या स्थानीय तहमा जाने हुँदा कम्तीमा ३ वर्ष कार्यवधि भएको हुनुपर्ने, समायोजनमा चित्त नबुझी अदालतबाट स्टे अर्डर पाएका कर्मचारीको पूर्ण फैसला आउँदाका बखतकै लागू हुनेगरी तत्काल मिलान गरिने र स्वास्थ्य सेवाका कर्मचारीको मिलानको हकमा मन्त्रालयले आफैँ मापदण्ड तय गर्ने उल्लेख छ ।

 

Tags: कर्मचारीको समायोजनस्वास्थ्य तर्फका

Related Posts

SEE नतिजामा जामिया इस्लामिया उत्कृष्ट, मदरसा उलुम अल इस्लामिया दोस्रो
FEATURE

SEE नतिजामा जामिया इस्लामिया उत्कृष्ट, मदरसा उलुम अल इस्लामिया दोस्रो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ३१ गते, १६:१३ बजे प्रकाशित
0

इनरुवा / सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SEE) को पालिकास्तरीय नतिजा विवरण सार्वजनिक गरेको...

FEATURE

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ३० गते, २१:०५ बजे प्रकाशित
0

काठमाडौं । संविधान संशोधनका विषयमा छलफल गर्न गठित कार्यदलको बैठकमा जेन्जी आन्दोलनका अगुवा युवाहरूलाई नबोलाइएको भन्दै आलोचना सुरु भएको छ।...

आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न

आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न

२०८३ बैशाख २७ गते, १९:०४ बजे प्रकाशित
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

SEE नतिजामा जामिया इस्लामिया उत्कृष्ट, मदरसा उलुम अल इस्लामिया दोस्रो

SEE नतिजामा जामिया इस्लामिया उत्कृष्ट, मदरसा उलुम अल इस्लामिया दोस्रो

२०८३ बैशाख ३१ गते, १६:१३ बजे प्रकाशित

२०८३ बैशाख ३० गते, २१:०५ बजे प्रकाशित
आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न

आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न

२०८३ बैशाख २७ गते, १९:०४ बजे प्रकाशित
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist