इनरुवा । सुनसरी जिल्लाको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका मेयर पदमा नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवारी दिएका केदार भण्डारी बलियो देखिएका छन् । २०७४ सालको निर्वाचनमा समेत सोही पदमा नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट टिकट पाएर निर्वाचित भएका निवर्तमान मेयर राजन मेहता,प्रतिनिधि सभा सांसद सिताराम मेहता,प्रदेश सांसद राजीव कोइरालालगायतको अगुवाईमा केदार भण्डारीप्रति जनलहर देखिएका छन् ।आफू पाँच वर्षको अवधिमा जनताको माग र अपेक्षाअनुसार विकास निर्माणकार्य गरेको बताउदै पूर्व मेयर राजन मेहताले इनरुवा नगरपालिकामा काङ्ग्रेस बाहेक अर्को कुनै विकल्प नरहेकोे बताए । पार्टीले आफूलाई अघि सारेर इनरुवा नगरपालिकाको मेयर पदमा निर्वाचित गराएपछि आफ्नो नेतृत्वमा जनअपेक्षाअनुसार विकास निर्माणकार्य गरेको हुँदा मतदाताहरुले उक्त कार्यहरुको उच्च मूल्यांकन गर्दै इनरुवामा पुनः नेपाली काङ्ग्रेसको उम्मेदवार जित्ने ढुक्क भएर बस्न आह्वान गरेका छन् । नेपाली काङ्ग्रेस पार्टी लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास गर्ने पार्टी भएकोले पार्टीभित्र जिम्मेवारीको विषयमा खिचातानी हुनु स्वभाविक भएपनि सबै कुरा बिर्सेर वर्तमान परिस्थितिमा एकजुट भई काङ्ग्रेसका आधिकारिक उम्मेदवार जिताउन नेताकार्यकर्ताहरुले अपिल गर्दै आएका छन् ।
नेपाली काङ्ग्रेस इनरुवा नगर सभापति तथा इनरुवा नगरपालिका वडा नम्बर २ को वडा सदस्य पदका उम्मेदवार समेत रहेका निवर्तमान मेयर राजन मेहताले व्यक्ति नभई नेपाली काङ्ग्रेस पार्टीलाई जिताउन सबैमा आग्रह गरेका छन् । त्यसैगरी प्रदेश सांसद तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाले ठूल्ठूला भाषण गर्नेहरूलाई नभई वर्षौदेखि जनताको बीचमा रहेर सुखदुःखमा साथ नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवारलाई जिताउन सबैमा आग्रह गरे ।
आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै इनरुवा क्षेत्रमा चुनावी सरगर्मी बढेको पाइन्छ ।यसै क्रममा इनरुवा नगरपालिका मेयर पदका उम्मेदवार केदार भण्डारीले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । नेपाली काङ्ग्रेस पार्टी सुनसरी सभापति समेत रहेका मेयर पदका उम्मेदवार कुशल राजनीतिज्ञको रूपमा चिनिने गरेका छन् ।पेसाले कानुन व्यवसायी उनी विगत लामो समयदेखी निस्वार्थ रुपमा पार्टी राजनीतिमा लागेका छन । आफूलाई जनताले पुनः निर्वाचित गराएको अवस्थामा कार्यकाल भरी जनताको सेवामा दिनरात नभनी खटिने भण्डारीको भनाइ छ । राजनीतिलाई पेशा होईन, सेवाको रुपमा हेरिनुपर्छ भन्ने मान्यता राख्ने उनको पक्षमा फरकदलमा आस्था राख्ने नेताकार्यकर्ताको समेत देखिएका छन् । त्यसैले उनी इनरुवा नगरपालिका क्षेत्र मात्रै नभई सुनसरी जिल्लामै जनतामाझ लोकप्रिय छन् ।
२०७४ सालको निर्वाचनमा समेत सोही पदमा नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट टिकट पाएर निर्वाचित भएका निवर्तमान मेयर राजन मेहता,प्रतिनिधि सभा सांसद सिताराम मेहता,प्रदेश सांसद राजीव कोइरालालगायतको अगुवाईमा केदार भण्डारीप्रति जनलहर देखिएका छन् ।
आफू पाँच वर्षको अवधिमा जनताको माग र अपेक्षाअनुसार विकास निर्माणकार्य गरेको बताउदै पूर्व मेयर राजन मेहताले इनरुवा नगरपालिकामा काङ्ग्रेस बाहेक अर्को कुनै विकल्प नरहेकोे बताए । पार्टीले आफूलाई अघि सारेर इनरुवा नगरपालिकाको मेयर पदमा निर्वाचित गराएपछि आफ्नो नेतृत्वमा जनअपेक्षाअनुसार विकास निर्माणकार्य गरेको हुँदा मतदाताहरुले उक्त कार्यहरुको उच्च मूल्यांकन गर्दै इनरुवामा पुनः नेपाली काङ्ग्रेसको उम्मेदवार जित्ने ढुक्क भएर बस्न आह्वान गरेका छन् । नेपाली काङ्ग्रेस पार्टी लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास गर्ने पार्टी भएकोले पार्टीभित्र जिम्मेवारीको विषयमा खिचातानी हुनु स्वभाविक भएपनि सबै कुरा बिर्सेर वर्तमान परिस्थितिमा एकजुट भई काङ्ग्रेसका आधिकारिक उम्मेदवार जिताउन नेताकार्यकर्ताहरुले अपिल गर्दै आएका छन् ।नेपाली काङ्ग्रेस इनरुवा नगर सभापति तथा इनरुवा नगरपालिका वडा नम्बर २ को वडा सदस्य पदका उम्मेदवार समेत रहेका निवर्तमान मेयर राजन मेहताले व्यक्ति नभई नेपाली काङ्ग्रेस पार्टीलाई जिताउन सबैमा आग्रह गरेका छन् । त्यसैगरी प्रदेश सांसद तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाले ठूल्ठूला भाषण गर्नेहरूलाई नभई वर्षौदेखि जनताको बीचमा रहेर सुखदुःखमा साथ नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवारलाई जिताउन सबैमा आग्रह गरे ।
आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै इनरुवा क्षेत्रमा चुनावी सरगर्मी बढेको पाइन्छ ।यसै क्रममा इनरुवा नगरपालिका मेयर पदका उम्मेदवार केदार भण्डारीले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । नेपाली काङ्ग्रेस पार्टी सुनसरी सभापति समेत रहेका मेयर पदका उम्मेदवार कुशल राजनीतिज्ञको रूपमा चिनिने गरेका छन् ।पेसाले कानुन व्यवसायी उनी विगत लामो समयदेखी निस्वार्थ रुपमा पार्टी राजनीतिमा लागेका छन । आफूलाई जनताले पुनः निर्वाचित गराएको अवस्थामा कार्यकाल भरी जनताको सेवामा दिनरात नभनी खटिने भण्डारीको भनाइ छ । राजनीतिलाई पेशा होईन, सेवाको रुपमा हेरिनुपर्छ भन्ने मान्यता राख्ने उनको पक्षमा फरकदलमा आस्था राख्ने नेताकार्यकर्ताको समेत देखिएका छन् । त्यसैले उनी इनरुवा नगरपालिका क्षेत्र मात्रै नभई सुनसरी जिल्लामै जनतामाझ लोकप्रिय छन् ।
Discussion about this post