इनरूवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष पदमा २७ वर्षीय मिथलेश यादवले उम्मेदवारी दिएपछि मतदाताहरू उत्साहित भएका छन् ।
भाेक्राहा नरसिंह गाउँपालिका ८ वटै वडामा उम्मेदवारी दिएका मध्ये मिथलेश सबैभन्दा कान्छाे उम्मेदवार हुन् ।
उनलाई नेकपा एमाले पार्टीले टिकट नदिएपछि भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी हुन् ।
उनले स्वतन्त्र उम्मेदवारी दिएपछि स्थानीय निर्वाचन आयाेग भाेक्राहा नरसिंह गाउँपालिकाकाे कार्यालयले उनलाई गुलावकाे फुल चुनाव चिन्ह प्रदान गरेको छ ।
स्वतन्त्र उम्मेदवार यादव चुनावी प्रचार प्रसारमा अहिले दैनिक जसो मतदाताहरूकाे घरमा गएर गुलावकाे फुल लिएर मत माग्नमा व्यस्त छन् ।
उनलाई भाेक्राहा नरसिंह गाउँपालिका वडा ५ का मतदाताहरू कान्छाे उम्मेदवारका रूपमा रहेका स्वतन्त्र उम्मेदवार यादवलाई जिताउनु पर्ने मतदाताहरूकाे कथन छ ।
अहिले साे वडामा उम्मेदवार यादव सँगै उनका समर्थक, उत्साहित बनेका मतदाता, आफन्त साथीभाईहरू उनलाई स्थानीय तह निर्वाचन २०७९ मा सघाउन घरदैलो कार्यक्रममा ब्यस्त छन् । घरदैलो कार्यक्रमबाट चुनाव जित्ने राम्रो प्रतिक्रिया आईरहेको उनले प्रदेश प्वाइन्ट अनलाईन पत्रिकालाई जानकारी दिए ।
उता स्वतन्त्र उम्मेदवार यादवले भने गाउँपालिकाको हरेक शिर्षकको योजनाहरुमा धेरै अनियमितता र भ्रष्टाचार भए , भ्रष्टाचार पुर्ण रुपमा अन्त्य गर्न उम्मेदवारी दिएको छु , यादवको भनाई छ ।
कृषि , शिक्षा ,स्वास्थ्य , यातायात पूर्वाधार, योजना बद्ध गाउँपालिकाको विकास, सुरक्षित आवास, रोजगार आर्थिक वृद्धि,लगायतका विषयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने सङ्कल्प सहित उनले चुनावी घोषणा – पत्र सार्वजनिक गरे । समाजामा व्याप्त कुरीति र अन्धविश्वासको अन्त्य गर्न शिक्षा, चेतना र सशक्तीकरण अभियान चलाइने र पालिकामा व्याप्त गरिबी, अभाव र अल्पविकासको समस्यालाई सम्बोधन गर्न विशेष पहल गर्ने बताए ।
वडा अध्यक्षका स्वतन्त्र पदका उम्मेदवार यादव(छोटु) ले चुनावी प्रतिवद्धता पत्र (घोषणा पत्र) २०७९ समेत सार्वजनिक गरेकाे छ ।
उनले घाेषणा पत्रकाे पहिला बुंदामा विकास र समृद्धिप्रति प्रतिवद्ध भई बडाबासीको विकास, स्वास्थ्य, सडक र शिक्षामा योगदान सहितको प्रतिवद्धता व्यक्त गरेको छन् ।
त्यस्तै यादवले संविधानको रक्षा र कार्यान्वयन, त्यसकै जगमा वडालाई समुन्नतितर्फ डाेर्याउनु नै आजको मूख्य जिम्मेवारी भएको मनन गर्दै आफ्नो वडाको विकास, सुशासन र समृद्धिका लागि आदर्शको श्रेष्ठता, हजारौ जुझारु, कर्मठ, स्वाभिमानी र इमान्दार स्वयंसेवी कार्यकर्ताको ऊर्जा र जनताको अनवरत स्नेह र समर्थनको आत्मविश्वासका साथ ज्वलन्त मुद्दाहरुको सम्बोधन गर्ने अठोट समेत लिएको छ ।
स्वतन्त्र वडाध्यक्ष यादवले भने संघीय लोकतन्त्रको सीमाभित्र विविधता बीचको एकता आम वडा तथा गाउँबासीको सच्चा राष्ट्रियता र विकास प्रेमी भन्ने मान्यताका साथ आफ्नो ध्येयलाई पूरा गरी छाड्ने बताए ।
उनलेे भोक्राहा नरसिंह गाउँपालिका ५ नम्बर वडाका समग्र समस्या पहिचान, पहुँच, प्रतिनिधित्व, प्रगति र प्रतिष्ठामा नै उच्च हुन्छ भन्ने मान्यताका साथ आम वडाबासीको जीवनमा गुणात्मक परिवर्तन ल्याउने अठोट सहितको समुन्नत गाउँटोल वडा बनाउने सपना पूरा गर्ने बाँचा सहित मतदाताहरूमा आह्वान गरेका छन् ।
को हो भोक्राहा नरसिंह गाउँपालिका ५ नम्बर वडा अध्यक्षका स्वतन्त्र पदका उम्मेदबार ?
मिथलेश कुमार यादव(छोटु) ?
नेपाली राजनीतिक, सामाजिक क्षेत्र र विकासमा दशकदेखी निरन्तर लागेको , वडा तथा गाउँमा सच्चा तथा इमान्दार छवी बनाएको, वडाबासीको दुखसुखमा साथ दिने, योग्य, शिक्षित तथा योग्य जनताका सेवामा कृशिल कमर्ठ, उच्च नैतिक चरित्र भएको उम्मेदबार हो ।
भोक्राहा नरसिंह गाउँपालिका ५ नम्बर वडाका स्वतन्त्रका तर्फबाट वडा अध्यक्षका उम्मेदवार मिथलेश कुमार यादव(छोटु)लाई नै किन भोट ?
साविक नरसिंह गाविस हुदाँ सबै वडामा पहुँच भएको, समस्या बुझेको, मिसन, भिजन र विकासको उदेश्य भएको, आवश्यकतामा आधारित विकास गर्ने, भ्रष्टाचार विरुद्ध बोल्न सक्ने, पैसामा नविक्ने,गाउँटोलको विकासमा योगादन गर्न सक्ने भएकाले उनलाई मतदाताहरूले उनलाई भाेट दिने बताएका छन् ।
उनले गाउँ तथा वडामा रहेको एलानी ,पर्ती तथा सार्वजनिक जग्गाको खोजी गरि सुकुम्बासी बस्तीको व्यवस्थापन गर्न,विगतमा एमालेका वडा अध्यक्षले गरेको भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीलाई हटाई सुशासन, पारदर्शिता, जवाफदेहिता र विधीको शासन लगायतको काम गर्ने बताए ।
Discussion about this post