चिराैली । हिजाे साेमबार भाेक्राहा नरसिंह गाउँपालिकामा नेकपा एमालेले आयाेजना गरेको बृहत र्यालीमा ४ हजार भन्दा बढी नेता कार्यक्रता तथा समर्थकहरूकाे सहभागी भएका थिए ।
साे र्यालीमा ४ हजार मध्ये झन्डै २ सयकाे हराहरीमा नेकपा एमालेका उम्मेदवारहरूले बालबालिकाहरूलाई सहभागी गराइएका थिए ।
नेकपा एमालेको चुनाव प्रचारप्रसार तथा र्यालीबाट घर फर्किने क्रममा दुर्घटना हुँदा सहभागी भएका बालबालिका मध्ये एक जना किशोरको मृत्यु भएको हाे ।
स्थानीय तह निर्वाचनको प्रचार गरेर फर्कने क्रममा सुनसरीको भोक्राहानरसिंह गाउँपालिका ५ मा ट्याक्टरबाट लडेर सोमबार साँझ किशोरको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३ त ६३ नम्बरको ट्याक्टरबाट खसेर भोक्राहानरसिंह ८ का १७ वर्षीय तवरेज मियाँको मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख (एसपी) बासुदेव खतिवडाले जानकारी दिए ।
उनका अनुसार ट्याक्टरबाट लगेर गम्भीर घाइते भएका मियाँको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा साँझ ५ः४५ बजेतिर मृत्य भएको हो ।
मियाँ नेकपा एमालेको चुनावी प्रचार र घरदैलो कार्यक्रममा गएका थिए । घर फर्किने क्रममा ट्याक्टरबाट खस्नसाथ उनलाई पछाडिको चक्काले किचेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनालगत्तै ट्याक्टर चालक २२ वर्षीय मुन्ना भनिने अवास अन्सारी फरार भएका छन् । फरार रहेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post