इनरुवा । पछिल्लो समय यता एकाएक चर्चामा आएका सुनसरी सदरमुकाममा रहेको इनरुवा अस्पतालका निमित्त मेसु डाक्टर देवराज घिमिरे माथि अभद्र व्यवहार गरेको आरोप लगाइएको छ ।
इनरूवा अस्पतालका निमित्त मेसु डाक्टर देवराज घिमिरे माथि केही महिनाअघि पनि अभद्र व्यवहारकै आराेप लागेको थियो ।
अस्पतालमा काम गर्ने इमानदार कर्मचारीहरूलाई अस्पतालका निमित्त मेसुले पटकपटक अभद्र व्यवहार गरेको भन्दै अस्पतालमा कार्यरत डाक्टरहरुले राजीनामा माग गरेका छन्। 
निमित्त मेसु डाक्टर घिमिरेले अस्पतालमा कार्यरत अस्पतालका डाक्टर अमित मेहतामाथि अभद्र व्यवहार गर्ने गरेको आरोप उनीहरुले लगाएका छन्।
अस्पताल भित्र सुशासन कायम गर्ने नाममा नियमित काम गर्ने इमान्दार स्वास्थ्यकर्मी माथी हस्तक्षेप गर्ने र मानसिक तनावसहित अभद्र व्यवहार गरेको भन्दै उनीहरुले मेसुले राजीनामा नदिए इमर्जेन्सी बाहेकका सेवा ठप्प पार्ने चेतावनी समेत दिएका छन्।
स्वास्थ्यकर्मीहरु बिरामीको सेवा र उपचारमा नियमित रुपमा लागी परेपनि डाक्टर घिमिरेको अभद्र व्यवहारले काम गर्ने मनोबल गिराएको गुनासो समेत उनीहरुको छ।
उता अभद्र व्यवहारको विषयमा इनरूवा अस्पतालमा निमित्त मेसु घिमिरेसँग प्रतिक्रिया लिन खाेज्दा माेवाइल सि्वच अफ गरेर सम्पर्क बाहिर रहेको थियोे ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post