• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

एक पालिकाको जनप्रतिनिधिले राज्यकोषबाट किने २६ मोबाइल; लगे टिभी, फ्रिजदेखि कूलरसम्म !

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ जेष्ठ १९ गते, ७:१९ बजे प्रकाशित
in Uncategorized, अपराध खबर, अर्थ पाना, कला पाना, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, स्थानीय खबर
एक पालिकाको जनप्रतिनिधिले राज्यकोषबाट किने २६ मोबाइल; लगे टिभी, फ्रिजदेखि कूलरसम्म !
142.5k
SHARES
Share on FacebookShare on Twitter

महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकाका निवर्तमान अध्यक्ष विक्रम चौधरी र उपाध्यक्ष ननुकुमारी दासले गाउँपालिकाको स्रोतको दुरुपयोग गरेर निजी प्रयोजनका लागि दर्जनौं मोबाइल खरिद गरेको पाइएको छ।
त्यति मात्र होइन, आफ्नो घरमा सीसी क्यामेरा जडानदेखि वासिङ मशिन, फ्रिज, एलईडीलगायत विलासिताका थुप्रै वस्तुहरू खरिद गरेको तथ्य पत्ता लागेको छ ।
२०७६ मंसिरको उपनिर्वाचनमा नेकपाबाट निर्वाचित भएका अध्यक्ष चौधरीले आफ्नो कार्यकालको झन्डै ३ वर्षमा मात्र गाउँपालिकाको बजेटबाट लाखौं रुपैयाँका सामानहरू खरिद गरेर घरमा प्रयोग गर्दै आएको तथ्य खुलेको हो।
२०७९ को निर्वाचनमा नेकपा एमालेबाट फेरि पनि उम्मेदवार बनेका चौधरी र दास पराजित भएका छन्। उनीहरू दुवै तेस्रो स्थानमा सीमित भए ।
पिपरा गाउँपालिकाका एक कर्मचारीले दिएको जानकारीअनुसार गाउँपालिकाका निवर्तमान अध्यक्ष चौधरीले गाउँपालिकाबाट खरिद गरिएका कुल २१ थान मोबाइल बुझेका छन् भने उपाध्यक्ष दासले पनि ५ वटा मोबाइल लिएकी छन्।
पिपरा गाउँपालिका वडा नम्बर ३ पिपरा गाउँमा अध्यक्ष चौधरीको घर छ। त्यसैगरी उपाध्यक्ष दासको घर वडा नम्बर ७ बनौलीमा छ ।
चौधरीको घरमा ७ वटा सीसी क्यामेरा गाउँपालिकाको बजेटबाट नै जडान गरिएको गाउँपालिकाका स्टोरकिपर अशोककुमार झाले पनि पुष्टि गरे।
‘मोबाइल अध्यक्ष आफैंले किनेर ल्याउनुहुन्थ्यो । उहाँले ल्याएको बिलबमोजिम प्रमुख प्रशासकीय अधिकृतहरूले भुक्तानी गर्नुहुन्थ्यो,’ झाले भने, ‘भुक्तानी भएपछि बिलसहित दाखिला गर्न भनेपछि निर्देशनबमोजिम मैले दाखिला गर्ने गरेको थिएँ ।
स्याओमी, सामसङदेखि विभिन्न ब्राण्डका मोबाइलहरू अध्यक्ष र उपाध्यक्षले लिएका थिए।
स्टोरकिपर झाका अनुसार तत्कालीन अध्यक्ष चौधरीले विभिन्न मितिमा रेडमी, सामसङ, एमआई, भिभो ब्राण्डका २० थान मोबाइल लिएकोमा भरपाई गरी बुझेको एक थान मोबाइल मात्र फिर्ता गरेका छन्। बाँकी मोबाइल उनले बुझे पनि भरपाई भने नगरेको उनले बताए।  डेल कम्पनीको १ थान ल्यापटप र अर्कै कम्पनीको १ थान गरी दुई थान ल्यापटप पनि उनले बुझेका थिए, जसमध्ये डेलको ल्यापटप गाउँपालिकाको अस्पतालमा कार्यरत आफ्नै भतिज प्रविणकुमार चौधरीको नाममा भरपाई गर्न लगाएका थिए। अर्को ल्यापटप आफैँ लिएका थिए । ती ल्यापटप समेत निवर्तमान अध्यक्ष चौधरीले फिर्ता गरेका छैनन् ।
त्यसबाहेक उनले ७ थान सीसी क्यामेरा, १ थान एलजी कम्पनीको रेफ्रिजिरेटर, एलजी कम्पनीकै १ थान वासिङ मशिन, क्रम्प्टन कम्पनीको १ थान कुलर पनि गाउँपालिकाबाट नै खरिद गरी घरमा लगेर जडान गरेका थिए । अहिले निर्वाचनमा पराजित भएपछि पनि उनले ती सामान फिर्ता गरेका छैनन् ।
त्यसैगरी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोका लागि जनकपुरधाम उपमहानगरपालिकास्थित भ्रमरपुरा चोकमा गाउँपालिकाकै खर्चबाट क्वार्टर भाडामा लिइएको थियो। गाउँपालिकाकै खर्चबाट उक्त क्वार्टरका लागि खरिद गरिएका फर्निचरसहितका सामानहरू पनि अध्यक्ष चौधरीले पछि आफ्नै घरमा लगेका छन् ।
स्टोरकिपर झाका अनुसार उक्त क्वार्टरका लागि रेक्जिनको २ जना बस्ने सोफा ४ थान, १ जना बस्ने सोफा २ थान, कम्प्युटर टेबल ३ थान, मुभिङ चेयर ५ थान, प्लास्टिक कुर्सी २ थान, दराज १ थान, बुक केस १ थान, क्यानोनको प्रिन्टर १ थान, इक्सनको प्रिन्टर १ थान, प्लाइउडको लो बेड २ थान, काठको पलङ १ थान, पर्दा १० थान, इन्भर्टर १ थान, ब्याट्री २ थान, सिलिङ फ्यान ३ थान, तोसक ३ थान, सिरक ३ थान, तन्ना ३ थान, इलेक्ट्रिक जग १ थान खरिद गरिएको थियो ।
२०७९ सालको स्थानीय तह निर्वाचनको मतगणना चल्दै गर्दा चौधरी हार्ने निश्चितजस्तै भएपछि उनले ती सबै समानहरू जनकपुरको क्वार्टरबाट आफ्नो घरमा लगेको स्टोरकिपर झा बताउँछन् । ती सबै सामानमध्ये रेक्जिनको सोफा सेट क्वार्टरमा राखिएको भए पनि स्टोरमा भने दाखिला गराइएको छैन। बाँकी सामानहरू भने स्टोरमा दाखिला गराइएको झाले बताए ।
उपाध्यक्ष दासले आफ्नो घरमा २ थान रेफ्रिजिरेटर, १ थान एलजी टीभी, १ थान वासिङ मशिन, ३२ इन्चको एलईडी टिभी १ थान, राइस कूकर १ थान, आइरन १ थान, मिक्स्चर १ थान, थर्मस १ थान, कूलर १ थान, स्ट्याण्ड फ्यान १ थान, सिलिङ फ्यान १ थान गाउँपालिकाको पैसाबाट किनेर आफ्नो निजी घरमा प्रयोग गरेको समेत स्टोरकिपर झाले बताए, जसमध्ये उपाध्यक्ष दासले २ दिनअघि मात्र वासिङ मशिन, फ्रिज, कूलरलगायतका सामानहरू फिर्ता गरेको झाले बताए।
स्टोरकिपर झाकाअनुसार उपाध्यक्षले ५ थान मोबाइल लिए पनि आफूले २ थान मात्र बुझेको र बाँकी तीन थान अध्यक्ष चौधरीकै जिम्मामा रहेको भन्दै २ थान मोबाइल मात्र फिर्ता गरेकी छन् ।
उपाध्यक्ष दासले गाउँपालिकाबाट नयाँ एलईडी किनेर आफ्नो घरमा लगेपनि फिर्ता गर्ने बेला सोही कम्पनीको पुरानो एलईडी फिर्ता गरेको झाले बताए।
‘उहाँले पहिले नै आफ्नो घरमा प्रयोग गर्नुभएको सोही कम्पनीको पुरानो एलईडी कार्यालयमा फिर्ता गर्नुभएको छ, जबकि कार्यालयको नाममा खरिद गरिएको नयाँ एलईडी भने उहाँले आफ्नै घरमा राख्नुभएको छ,’ झाले भने ।
सामूहिक कन्यादानको सामान पनि अध्यक्ष-उपाध्यक्षले लगे
२०७७ फागुन १६ गते ६ जना पिपरा गाउँपालिकाको वडा नम्बर ४ पिपरा गाउँका ४ जना दलित युवती र वडा नम्बर १ ढेकहाका २ दलित र १ गैर दलित गरी ७ युवतीको बिहे गराइएको थियो। गाउँपालिकाकै बजेटबाट ती ७ जनाको बिहे भएको थियो ।
सुन चाँदीका गरगहनादेखि लत्ता-कपडा, फर्निचरलगायतका सामानहरू पनि अध्यक्ष चौधरी र उपाध्यक्ष दासले एकआपसमा बाँडफाँड गरेका थिए। प्रतिकन्या सुनको मंगलसूत्र, औंठी र वरका लागि औंठी समेत गरेर ४/४ आना गहना किनिएको थियो ।
बिहेपछि बचेका ती गहना अध्यक्ष चौधरीले आफ्नै घर लगेका थिए । आफू पराजित भएपछि ती गहना भने स्टोरकिपर झालाई जिम्मा लगाएका छन् ।
ती गहना अहिले स्टोरकिपर झाले नै राखेका छन् । सुरक्षाका लागि स्टोरमा नराखेर घरमा राखेको उनी बताउँछन् ।
विवाहका लागि मात्रै ४० लाख रुपैयाँ बजेट छुट्याइएको थियो। दुईजना महिला सदस्यको नाममा १०/१० लाख रुपैयाँ पेस्की उठाएर सामानहरू खरिद गरिएको थियो। विवाहमा कति खर्च भयो त्यसबारे आफू जानकार नरहेको झाले बताए।
‘सबै सामान अध्यक्षजीले आफैं किन्नुभएको थियो। विवाहपछि सजावटका लागि दिइएका सामानहरूको मैले भर्पाइ गरेको थिएँ,’ झाले लोकान्तरसँग भने, ‘प्रति बेहुली ५ वटा साडी दिइएको थियो। सात जोडी बेहुलीका लागि कुल ३५ वटा साडी मात्र गयो।’
बाँकी रहेको १५ थान साडी उपाध्यक्ष दासले लगेकी थिइन्। उपाध्यक्षले आफ्नो लागि महंगो साडी किनेर त्यसैमा बिल मिलाएको कर्मचारीहरू बताउँछन् ।
बेहुलीहरूलाई बिदाइका बेला दिनका लागि किनेर बचेको तीन थान ट्याङ्क, दराज, सिरक, तोसक, तन्ना लगायतका सामानमध्ये केही बाँकी छन् भने केही गायब भएका छन् । ‘तीन थान पलंगमध्ये दुई थान मात्र पलंग बाँकी छ,’ झाले भने  ‘सामूहिक विवाह भएको स्थान विद्यालयबाट १ थान पलङ गायब भएको छ ।’
उक्त पलंग पनि अध्यक्ष चौधरीले आफ्नो घरमा लगेको स्थानीयहरू बताउँछन्। अध्यक्षले विनाभर्पाइ ती सामान लगेको र भर्पाइ गर्न पटक–पटक आग्रह गर्दा पनि नमानेको झाले बताए ।​
वडाध्यक्षदेखि वडा सदस्यले पनि फिर्ता गरेनन् मोबाइल
गाउँपालिकाबाट मोबाइल, ल्यापटप लगायतका सामानहरू तत्कालीन वडाध्यक्षदेखि वडा सदस्यहरूले समेत बुझे पनि फिर्ता भने गरेका छैनन्।
वडा नम्बर ४ का वडाध्यक्ष अरुण ठाकुर र वडा नम्बर ७ का वडाध्यक्ष रुपेशकुमार झाले बुझेका दुई थान मोबाइल भने पुन: उम्मेदवारी मनोनयन गर्ने बेलामा फिर्ता गरेका थिए। तर बाँकी ५ वडाध्यक्ष र वडासदस्यहरूले हालसम्म पनि मोबाइल फिर्ता गरेका छैनन्।
१ नम्बर वडाका वडाध्यक्ष किशोरी महतो, २ नम्बर वडाका वडाध्यक्ष ब्रम्हदेव यादव, ३ नम्बर वडाका वडाध्यक्ष किशोरी साह, ५ का वडाध्यक्ष शम्भुप्रसाद यादव र ६ नम्बर वडाका वडाध्यक्ष रामदेव हाथीले बुझेका २/२ थान मोबाइल हालसम्म फिर्ता गरेका छैनन्।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रञ्जि​ता झा भएका बेला १/१ थान र शम्भु ठाकुर प्रमुख प्रशासकीय अधिकृत भएका बेला अर्को १/१ थान मोबाइल किनेर वडाध्यक्षहरूलाई दिइएको थियो।
वडा नम्बर ४ का वडाध्यक्ष अरुण ठाकुरले भर्पाइ नै नगरी बुझेको १ थान ल्यापटप पनि हालसम्म नबुझाएको झाले बताए। त्यसबाहेक सबै वडाका वडा सदस्यहरूले बुझेको १/१ थान मोबाइल पनि फिर्ता गरेका छैनन्।
सरुवा भएर गइसकेका कर्मचारीले पनि फिर्ता गरेनन् मोबाइल र ल्यापटप 
उक्त गाउँपालिकाका तत्कालीन जनप्रतिनिधिबाहेक सरुवा भएर अन्यत्र गइसकेका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतदेखि लेखापालसम्मले बुझेका सामान हालसम्म फिर्ता गरेका छैनन्।
तत्कालीन लेखा अधिकृत रामसागर यादव सरुवा भएर अन्यत्र गएको पनि लामो समय भइसक्यो। तर उनले बुझेका ल्यापटप २ थान, प्रिन्टर १ थान, भिभो मोबाइल १ थान हालसम्म फिर्ता गरेका छैनन् ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो अन्यत्र सरुवा भएर गइसकेका छन् तर उनले बुझेको भिभोको मोबाइल १ थान हालसम्म फिर्ता गरेका छैनन्।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन चौधरीले बुझेको १ थान मोबाइल पनि फिर्ता गरेका छैनन्। अन्यत्र सरुवा भएर गएको लामो समय भए पनि उनले मोबाइल फिर्ता नगरेका हुन् ।
यी त केही उदाहरण मात्र हुन्, त्यहाँ कार्यरत प्रायःजसो कर्मचारीहरूले गाउँपालिकाबाट खरिद गरिएको मोबाइल बुझेका छन्। सरुवा भएर अन्यत्र गए पनि ती समान फिर्ता गरेका छैनन् ।
उक्त गाउँपालिकाका हालका प्रमुख प्रशासकीय अधिकृत शम्भु ठाकुरले जनप्रतिनिधि र कर्मचारीले बुझेका सामानहरू फिर्ता गर्नका लागि औपचारिक रूपमा पत्र लेख्ने तयारी भइरहेको बताए ।
‘साविकमा अध्यक्ष, उपाध्यक्षसहितले भर्पाइ नै नगरी धेरै जिन्सी सामानहरू आफ्नो निजी प्रयोजनका लागि लिनुभएको जिन्सी रेकर्डबाट देखिएको छ,’ ठाकुरले भने, ‘कतिपयले भर्पाइ नै नगरेर बुझेका सामानहरू फिर्ता पनि गरेका छन् भने कतिपयले हालसम्म फिर्ता गरेका छैनन् ।’
तत्कालीन कार्यालय प्रमुख र अध्यक्ष समेतको आदेशमा सामानहरू खरिद भएर जिन्सीमा दाखिला भए पनि बुझ्नेहरूले भर्पाइ नगर्दा अप्ठ्यारो स्थिति देखिएको उनले बताए।
गाउँपालिकाले किनेको ४८० थान झुल अध्यक्ष चौधरीको घरमा 
आर्थिक वर्ष वर्ष २०७७/०७८ मा ज्येष्ठ नागरिक र एकल महिलालाई वितरण गर्ने झुलमध्ये ४८० थान झुल अध्यक्ष चौधरीले लिएको पाइएको छ।
कुल १ हजार ७४० थान झुल खरिद गरेर स्टोरमा दाखिला गराइए पनि ४८० थान झुल अध्यक्ष चौधरीले आफ्नो निवासमा लगेको स्टोरकिपर झा बताउँछन्।
कोटेसनमार्फत महोत्तरीको जलेश्वरमा रहेको दास वस्त्रालय तथा रिसभ जेनरल अर्डर सप्लायर्सका सञ्चालक कैलाश दासमार्फत १ हजार ७४० थान झुल खरिद गरिएको थियो।
‘प्रति बोरामा १४० वटा झुलको दरले कुल ९ बोरा गरी कुल १ हजार २६० झुल मात्र गाउँपालिकामा आपूर्ति गरिएको थियो,’ स्टोरकिपर झाले भने, ‘बाँकी झुलसहितको बोरा अध्यक्ष चौधरीको घरमा झारेको आपूर्तिकर्ताले भनेपछि दाखिला १ हजार ७४० थान नै गरियो।’
‘प्रति बोरामा १४० वटा झुलको दरले कुल ९ बोरा गरी कुल १ हजार २६० झुल मात्र गाउँपालिकामा आपूर्ति गरिएको थियो,’ स्टोरकिपर झाले भने, ‘बाँकी झुलसहितको बोरा अध्यक्ष चौधरीको घरमा झारेको आपूर्तिकर्ताले भनेपछि दाखिला १ हजार ७४० थान नै गरियो।’
आपूर्तिकर्ता दासले पनि १७४० थान झुलमध्ये १२६० थान झुल कार्यालयमा र बाँकी ४९० थान झुल अध्यक्ष चौधरीको निवासमा दिएको बताए।
‘केही झुल मैले आफैं वितरण गर्नुपर्छ भनेर अध्यक्षजीले भनेपछि मैले उहाँको निवासमा नै आपूर्ति गरेको थिएँ,’ दासले पत्रकारसँग भने।
अध्यक्ष चौधरीले ती झुलको कुनै हिसाबकिताब नदिएको झाको कथन छ ।
बुझेको सबै सामान फिर्ता गरिसकें : चौधरी 
तत्कालीन अध्यक्ष चौधरी भने निर्वाचन हुनुअघि नै आफ्नो जिम्मामा रहेका सबै सामानहरू तत्कालीन उपाध्यक्ष ननुकुमारी दासमार्फत फिर्ता गरिसकेको दाबी गर्छन्।
२० वटा मोबाइल आफ्नो नाममा स्टोरमा दाखिला भए पनि आफूले १ थान मोबाइल र १ थान ल्यापटप मात्र बुझेको उनले बताए । बुझेको मोबाइल र ल्यापटप पनि कार्यालयमा फिर्ता गरिसकिएको उनले बताए।
जनकपुरको क्वार्टरमा रहेको फर्निचर लगायतका सामान आफ्नो घर लगेको उनले स्वीकार गरे।
‘उक्त क्वार्टरको घर भाडा १ लाख १३ हजार रुपैयाँ बाँकी रहेको हुनाले मैले ती सबै सबै सामानहरू आफ्नो घरमा लगेको हो,’ चौधरीले भने, ‘पिपरामा सबै दिन जुलुस गरेर कार्यालय सञ्चालन गर्न असहज भए छि जनकपुरमा कार्यलय सञ्चालन गर्न मासिक १४ हजार रुपैयाँको दरमा क्वार्टर भाडामा लिएको थिएँ।’ नयाँ अध्यक्षले उक्त घरको भाडा नतिर्ने भएकाले आफूले घर भाडावापत ती सामानहरू नियन्त्रणमा लिएको उनको जिकिर छ ।
सामूहिक विवाह कार्यक्रमअन्तर्गत बचेको सामान कार्यालयलाई फिर्ता गरिसकेको उनले बताए। त्यसैगरी झुल खरिददेखि अन्य सबै सामान खरिदमा आफ्नो कुनै भूमिका नरहेको उनले बताए।
‘प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृतले आफूखुसी सामान किन्ने गर्थे,’ चौधरीले भने, ‘आफैं खरिद योजना बनाएर समान खरिद गर्ने र स्टोर शाखामा दाखिला गर्न लगाउने गरिन्थ्यो। कसैले मेरो नाममा ती सबै सामानहरू स्टोरमा दाखिला गर्दैमा हुन्न । मैले बुझेको वा भरपाई गरेको पनि त हुनुपर्‍यो नि ।’
कर्मचारीहरूले विना प्रमाण आफूमाथि गलत आरोप लगाएको उनको कथन छ।
तत्कालीन अध्यक्ष चौधरीले आफ्नो कार्यकालमा व्यापक आर्थिक हिनामिना गरेको भन्दै केही स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र सहितका निकायमा उजुरी गरेपछि अख्तियारले सबै फाइल झिकाएर अनुसन्धान गरिरहेको छ । लोकान्तर

Tags: एक पालिकाकोकिने २६ मोबाइलजनप्रतिनिधिलेफ्रिजदेखि कूलरसम्म !राज्यकोषबाटलगे टिभी

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist