सुनसरी । चालू आर्थिक वर्ष २०७९/०८० बजेटमा सुनसरी जिल्लाले ५ अर्ब ९२ करोड ८७ लाख रुपैयाँ पाएका छन् । शनिबार अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले सुनसरीका १२ स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट इटहरी उप-महानगर पालिकालाई विनियोजन गरेकाे छ ।
इटहरी उप-महानगर पालिकाले ९५ करोड २३ लाख रुपैयाँ बजेट पाएको छ । सबैभन्दा कम भने गढी गाउँपालिकाले २९ करोड ५७ लाख मात्र बजेट पाएको छ ।
उपमहानगर पालिका तर्फ सबैभन्दा बढी बजेट इटहरी उपमहानगरपालिकाले हात पारेको छ भने सबैभन्दा कम बजेट धरान उपमहानगर पालिकालको भागमा परेको छ । जिल्लामा दुई वटा उपमहानगरपालिका छन् ।
यसैगरी नगरपालिका तर्फ सबैभन्दा बढी बजेट बराहक्षेत्र नगरपालिकाले हात पारेका छन् भने सबैभन्दा कम बजेट रामधुनी नगरपालिकाले पाएको हो ।
यस्तै, गाउँपालिका तर्फ सबैभन्दा बढी बजेट कोशी गाउँपालिकाले पाएको छ भने सबैभन्दा कम बजेट गढी गाउँपालिकाले पाएको छ ।
कुन पालिकालाई कति ?
उप-महानगर पालिका तर्फ :-
इटहरी उप-महानगरपालिका : ९५ करोड २३ लाख
धरान उप- महानगरपालिका : ८३ करोड ४ लाख
नगरपालिका तर्फ:
इनरुवा नगरपालिकाः ४८ करोड ३ लाख
दुहबी नगरपालिका : ४९ करोड ७ लाख
बराहक्षेत्र नगरपालिका : ६२ करोड ७५ लाख
रामधुनी नगरपालिका : ४४ करोड ८३ लाख
गाउँपालिका तर्फ:
कोशी गाउँपालिका : ३९ करोड ६८ लाख
गढी गाउँपालिका : २९ करोड ५७ लाख
देवानगञ्ज गाउँपालिका : ३६ करोड ४६ लाख
बर्जु गाउँपालिका : ३२ करोड ४९ लाख
भोक्राहा नरसिंह गाउँपालिका : ३२ करोड १५ लाख
हरिनगर गाउँपालिका : ३९ करोड ५७ लाख बजेट प्राप्त भएका छन् ।
Discussion about this post