काठमाडौं । सरकारले असार १ गतेदेखि बिदा र कार्यालय समय पुरानै कायम हुने भएको छ । गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै यही जेठ २३ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार असार १ गतेदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने जनाएको हो ।
मन्त्रालयका अनुसार जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज भएको हो ।
सरकारी कार्यालयमा असार १ देखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत्र मसान्तसम्म कार्यालय समय
बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म हुने छ । यस्तै शुक्रबार बिहान १० देखि अपरान्ह ३ बजेसम्म हुने छ ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...











Discussion about this post