नरसिंह । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-७ स्थित जनता माध्यमिक विद्यालयको कमि कमजोरी सुधार गर्न विद्यालयका प्रधानाध्यापक जदुलाल साहलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । पुर्व विद्यार्थीहरु द्वारा गठित विद्यालय अवलोकन समितीले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
बिहिवार विद्यालय अवलोकन समितिले विद्यालयमा पुगेर अवलोकन गर्दा विद्यालयको शिक्षा खस्केको जनाएको छ । विद्यालयको व्यवस्थापनमा लापरबाही भएको कारणले विद्यार्थीहरु गुणस्तरीय शिक्षाबाट बन्चित रहेको अवलोकन समितिको भनाइ छ ।
यसैगरी विद्यालयमा व्यवस्थापन समिति नहुँदा विद्यालयको व्यवस्थापनमा दिनानुदिन कमि कमजोरी थप्दै गएको छ । समिति नहुदा नियमित बस्ने बैठक समेत नभएको, विद्यालयको विकास समेत ठप्प भएको र विद्यालयमा शिक्षकको मनपरी समेत बढेकोले अवलोकन समितिले दुख व्यक्त गर्नुभयो ।
समितिले विद्यालय अवलोकन गर्दा विभिन्न ६ बुँदा माग सहित कमि कमजोरीलाई यथाशीघ्र समाधान गर्न ध्यानाकर्षण पत्र बुझाएका छन् । विद्यालय अवलोकन समितिका अध्यक्ष विनोद कुमार यादव द्वारा हस्ताक्षर सहितको ध्यानाकर्षण पत्रमा “विद्यालय १० देखि ४ बजेसम्म नियमित संचालनमा ल्याउनुपर्ने, यथाशीघ्र विद्यालय व्यवस्थापन समिति गठन गर्नुपर्ने, शिक्षक नियमित र पोशाकमा अनिवार्य विद्यालय आउने, शिक्षक समयमा विद्यालय प्रवेश तथा आवतजावत गर्ने, शुक्रबार नियमित अतिरिक्त क्रियाकलाप गर्नुपर्ने, विद्यालय संचालनको समयमा गेट अनिवार्य बन्द गर्नुपर्ने” उल्लेख गरिएको छ ।
Discussion about this post