धरान / नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले सरकारले बृद्धी गरेको पेट्रोलियम पदार्थको मूल्यको विरुद्ध विरोध प्रदर्शन गरेको छ ।
आज सोमबार साझ नेपाल विद्यार्थी संघको अगुवाईमा महेन्द्र बहुमुखी क्याम्पस धरानको प्रङगनबाट निस्केको बिरोध र्याली धरानको भानुचौक,राजेश पेट्रोल पम्प पुगी पुन भानुचोकमा नै आई कोण सभामा परिणत भएको थियो ।
सो क्रममा पिण्डेशबर क्याम्पस धरान,हातीसार क्याम्पस र पुर्वाअञ्चल ईन्जीनिरिङ क्याम्पसका बिद्यार्थीहरु तथा तिनका नेताहरुले एक्यबधता जनाएका थिए । उनीहरुले धरानको भानुचौकमा एक कार्यक्रमका बीच सरकारलाई मुल्यबृद्धिबारे खबरद्धारी गरेका हुन ।
नेवि संघले साझ करिब ६ बजे राजेश पेट्रोल पम्प अगाडी प्रदर्शन गरेको थियो भने केहीबेरको पर्दशनपछि सोही बिदार्थीहरुको टोली भानुचौकमा आई कोण सभा समेत गरेका थिए । सोही बिारेधको क्रममा उनीहरुले मूल्य वृद्धि तत्काल खारेज गर,नेबि संघ जिन्दावाद लगायतका नारावाजी गरेका थिए ।
कोणसभामा उनीहरुले पटकपटक पेट्रोलियम पदार्थमा गरिएको भन्दै पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि फिर्ता नभए नगम घेराउ तथा चरणबद्व आन्दोल गर्नै चेतावनी दिएका थिए । विद्यार्थी संघले आम–नागरिक तथा सबैको ढाड सेक्ने गरी सरकारले गरेको मुल्य बृद्धि ततकाल खारेज गर्नुपर्ने बताए ।
कार्यक्रमको नेतृत्व नेविसंघ महेन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष पारस लिम्बुको नेतृत्वमा पिण्डेशबर क्याम्पस धरानका सभापती प्रबेश पौडेल,हातीसार क्याम्पस रुपेस ईकवाल, र पुर्वाअञ्चल ईन्जीनिरिङ क्याम्पसका सौगात भटटराई,अनुल बास्तोलाल प्रबिण पराजुली लगायत करिब २५-३० जनाको उपस्थितिमा विरोध कार्यक्रम गरेका हुन ।
Discussion about this post