इनरूवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालीका कार्यालयले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।
“ बजारसम्म आधुनिकता, समुन्नत कृषि शहर रभोक्राहा नरसिंहको प्राथमिकता” भन्ने नाराका साथमा दोस्रो गाउँसभाको पहिलो अधिवेशनमार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे हाे ।
गाउँपालिकाले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै ५४ करोड ३७ लाख बढीको बजेट सार्वजनिक गरेका छन् ।भाेक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले ५४ करोड ३७ लाख ७२ हजार २८२ रुपैयाँ बराबरको बढीको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन । भोक्राहा नरसिंह गाउँपालीकाको कार्यालयले संघीय सरकारबाट ४२ करोड ५७ लाख ४० हजार, प्रदेश सरकारबाट दुई करोड ३२ लाख ३७ हजार ३४०, आन्तरिक श्रोतबाट नौ करोड ३२ लाख ९२ हजारलगायत गरी चालु खर्चतर्फ ३२ करोड ४८ लाख २२ हजार २८२ र पुँजिगत खर्चतर्फ १९ करोड ८९ लाख ५० हजार गरी जम्मा ५४ करोड ३७ लाख ७२ हजार २८२ रुपैयाँ बराबरको बढीको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
उता नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादको अध्यक्षतामा सम्पन्न भएको थियो ।भने प्रदेश सभा सदस्य माननीय ताहिर अंसारी, संविधान सभा सदस्य सूर्यदेवदास उराँव, कोशी गाउॅपालिका अध्यक्ष ऐयुब अंसारी, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक संजयसिंह थापा, सशत्र प्रहरी उपरीक्षक बिक्रम हुमागाँइ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय प्रमुख कुलचन्द्र नेपाल, गाउँपालिकाकी उपाध्यक्ष सुनिताकुमारी उराॅव, सबै वडाध्यक्षहरू, सबै वडासदस्यहरू, कार्यपालिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, समाजसेवी, स्थानीय भद्रभलादमी, संचारकर्मी, कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post