चिराैली । सुनसरीको भाेक्रहा नरसिंह गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमकाे अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारीहरूलाई सम्मान गरेका छन् ।
गाउँपालिकामा उत्कृष्ट काम गर्ने वडा देखि गाउँपालिकामा सम्म विभिन्न शाखामा कार्यरत नाैं जना कर्मचारीहरूलाई गाउँपालिका सेवा पुरस्कारबाट पुरस्कृत गरिएको हाे ।
गाउँपालिका सेवा पुरस्कारबाट पुरस्कृत हुने कर्मचारीहरूमा प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहता, लेखा अधिकृत महेश राना मगर, शिक्षा अधिकृत रमेशचन्द्र तिम्सिना, लेखापाल संजय मेहता, सब इन्जिनियर अमितकुमार सिंह, उद्यम विकास सहजकर्ता अशोककुमार उराँव, सिअनमी सुनिताकुमारी साह, सामाजिक परिचालक रामचन्द्र यादव, भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ मा कार्यरत उत्कृष्ट कर्मचारी हसनुल बन्ना यासिनलाई कदर पत्र र नगद पाँच हजार रूपैयाँ सहित गाउँपालिका सेवा पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।
साे कार्यक्रम भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादकाे तथा प्रदेश सभा सदस्य माननीय ताहिर अंसारीकाे प्रमुख आतिथ्यता सम्पन्न भएको थियोे ।
भने कार्यक्रममा संविधान सभा सदस्य सूर्यदेवदास उराँव, कोशी गाउँपालिका अध्यक्ष ऐयुब अंसारी, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक संजयसिंह थापा, सशस्त्र प्रहरी उपरीक्षक बिक्रम हुमागाँइ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय प्रमुख कुलचन्द्र नेपाल, गाउँपालिकाकी उपाध्यक्ष सुनिताकुमारी उराॅव, भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष लक्षमण मेहता, वडा नम्बर २ का वडाध्यक्ष आलम अंसारी , वडा नम्बर ३ का वडाध्यक्ष धिरेन्द्र यादव,वडा नम्बर ४ का वडाध्यक्ष हारूण अंसारी, वडा नम्बर ५ का वडाध्यक्ष हबिव मंसुरी,वडा नम्बर ६ का वडाध्यक्ष सेराजुद्विन अंसारी, वडा नम्बर ७ का वडाध्यक्ष बाैवालाल यादव र वडा नम्बर ८ का वडाध्यक्ष उसमान अंसारी ( हाजी भाेला), लगायतको उपस्थिति रहेको थियो ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post