• pradeshpoint
  • Pradeshpoint
Saturday, January 24, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सिडिओविरुद्ध अख्तियारमा मुद्दा दर्ता

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ असार १२ गते, २२:५७ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, स्थानीय खबर
सहायक सिडिओ विरुद्ध मुद्दा दर्ता
63
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । बाराका सहायक सिडिओविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दुई वटा मुद्दा दर्ता गरेको छ । यसअघि जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा ढुंगा, गिटी, बालुवाको उत्खनन्, संकलन र बिक्रीका सम्बन्धमा ठेकेदारसँग मिलेमतो गरी कार्यसम्पादन जमानत नलिएको अभियोगमा मुद्दा दायर भएको हो । दुवै मुद्दामा गरेर आयोगले उनीविरुद्ध दुई करोड २० लाख २८ हजार रुपैयाँ बिगो दावी गरेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा आर्थिक वर्ष २०७६-७७ मा पसाहा खोलाबाट खोलाबाट ढुंगा, गिट्टी, बालुवाको उत्खनन्, संकलन र बिक्रीका लागि निर्माण कम्पनीसँग सम्झौता गर्दा सेढाईंले अनियमितता गरेको आयोगको दावी छ । खोलाजन्य पदार्थ उत्खनन्, संकलन र बिक्री गर्ने ओम सप्लायर्ससँग सम्झौता गर्दा बाँकी दुई किस्ताको हुन आउने रकम कार्यसम्पादन जमान लिनुपर्नेमा नलिएको आयोगको आरोपपत्रमा उल्लेख छ । जमानत छुट दिएर उनले ९९ लाख ९९ हजार ९९९ रुपैयाँ राजस्व चुहावट गरेको आयोगको दावी छ । कानुनमा व्यवस्था भएको र सम्झौता पनि भइसकेको कार्यसम्पादन जमानत चुहावट गरेको भन्दै आयोगले चुहावट भएकै अंकलाई बिगो कायम गरी मुद्दा दर्ता गरेको छ । सेढाईंसँगै आयोगले ठेकेदार कम्पनी ओम सप्लायर्सविरुद्ध पनि मुद्दा दायर गरेको छ । सप्लायर्सले खोलाजन्य पदार्थको उत्खनन् र बिक्री वितरणको ठेक्का लिएबापत सम्झौताबमोजिम तिर्न बाँकी तेस्रो किस्ताबापतको रकम नौ लाख ९९ हजार ९९९ र बिक्री ठेक्का कबोल अंकको हुन आउने मूल्यवृद्धि कर मूल्य अभिवृद्धि कर ३८ लाख ९९ हजार ९९९ दाखिला गरेको नदेखिएको आयोगले जनाएको छ । यही अंकलाई आयोगले बिगो बनाएको छ । सार्वजनिक निकायमा गरेको कबुलियत, सम्झौता पालना नगरी हानी पुर्याएको भन्दै आयोगले कम्पनीका प्रोपाइटर ओम शंकर प्रसाद विरुद्ध पनि सोही अंकको बिगो निर्धारण गरेको छ ।
त्यस्तै, यही प्रकृतिको अर्को मुद्दामा आयोगले तत्कालीन प्रमुख प्रशासकीय सेढाईंलाई एक करोड २० लाख २८ हजार बिगो अंकको मुद्दा दर्ता गरेको छ । उपमहानगरपालिकाभित्रको बालगंगा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन्, संकलन तथा बिक्री गर्न न्यू पाथिभरा सप्लायर्ससँग सम्झौता गर्दा दुई किस्ताको कार्यसम्पादन जमानत नलिएको आयोगको दावी छ । लिनुपर्ने कार्यसम्पादन जमानतको एक करोड २० लाख २८ हजार नलिएर सेढाईंले राजस्व चुहावट गरेको आयोगको आरोपपत्रमा उल्लेख छ ।
ठेकेदार कम्पनी पाथिभरा सप्लायर्सलाई पनि आयोगले प्रतिवादी बनाएको छ । कार्यसम्पादन जमानत कबोल गरेको अंकमा बाँकी दाखिला नगरेको एक करोड २० लाख २८ हजार र ठेक्का कबोल अंकको हुन आउने मूल्य अभिवृद्धि कर रकम ४६ लाख ४४ हजारसमेतलाई जोडेर आउने एक करोड ६६ लाख ७२ हजार ६०० लाई आयोगले बिगो कायम गरेको छ । आयोगले कम्पनी र त्यसकी प्रोपाइटर मिराकुमारी श्रेष्ठविरुद्ध अर्कोे एक करोड ६६ लाख बिगो दाबी गरेको छ ।

Tags: अख्तियारमा मुद्दादर्तासिडिओविरुद्ध

Related Posts

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारी फिर्ता लिने समय
FEATURE

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारी फिर्ता लिने समय

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ ९ गते, १२:१६ बजे प्रकाशित
0

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दै गर्दा उम्मेदवारहरूलाई आज उम्मेदवारी फिर्ता लिने अवसर दिइएको छ। निर्वाचन आयोगका अनुसार...

दमक चोक तत्दै: बालेन शाहको झापा प्रवेश, ओलीसँग प्रतिष्पर्धा
FEATURE

दमक चोक तत्दै: बालेन शाहको झापा प्रवेश, ओलीसँग प्रतिष्पर्धा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ ६ गते, १५:११ बजे प्रकाशित
0

इनरुवा ।  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा–५ क्षेत्रबाट उम्मेदवारी दर्ता गराउने तयारीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र...

मोटरसाइकल दुर्घटनामा दुहबी जेसीजका दुई पूर्व अध्यक्षको निधन

मोटरसाइकल दुर्घटनामा दुहबी जेसीजका दुई पूर्व अध्यक्षको निधन

२०८२ माघ ६ गते, १४:२६ बजे प्रकाशित
भोक्राहा नरसिंह–५ मा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको बायोमेट्रिक भेरिफिकेशन अनिवार्य

भोक्राहा नरसिंह–५ मा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको बायोमेट्रिक भेरिफिकेशन अनिवार्य

२०८२ माघ ६ गते, १४:०० बजे प्रकाशित
भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

२०८२ पुस ३० गते, १९:५२ बजे प्रकाशित
सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

२०८२ पुस ३० गते, १९:३८ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारी फिर्ता लिने समय

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारी फिर्ता लिने समय

२०८२ माघ ९ गते, १२:१६ बजे प्रकाशित
दमक चोक तत्दै: बालेन शाहको झापा प्रवेश, ओलीसँग प्रतिष्पर्धा

दमक चोक तत्दै: बालेन शाहको झापा प्रवेश, ओलीसँग प्रतिष्पर्धा

२०८२ माघ ६ गते, १५:११ बजे प्रकाशित
मोटरसाइकल दुर्घटनामा दुहबी जेसीजका दुई पूर्व अध्यक्षको निधन

मोटरसाइकल दुर्घटनामा दुहबी जेसीजका दुई पूर्व अध्यक्षको निधन

२०८२ माघ ६ गते, १४:२६ बजे प्रकाशित
भोक्राहा नरसिंह–५ मा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको बायोमेट्रिक भेरिफिकेशन अनिवार्य

भोक्राहा नरसिंह–५ मा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको बायोमेट्रिक भेरिफिकेशन अनिवार्य

२०८२ माघ ६ गते, १४:०० बजे प्रकाशित
भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

२०८२ पुस ३० गते, १९:५२ बजे प्रकाशित
सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

२०८२ पुस ३० गते, १९:३८ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist