इनरुवा । अबिरल बर्षापछी सुनसरी सदरमुकाम इनरुवाको अधिकाशं क्षेत्र डुवानमा परेको छ । नदी खोलाको बाढीले भन्दा वर्षाको पानीले डुबानमा परेको हो । इनरुवाको वडा नम्बर ३, ४, ९ र १० नम्बर वडाको सुनसरी खोला छेउका बस्तीहरु डुवानमा परेको स्थानीय विष्णु उराँवले जानकारी दिए । पूर्व वडा सदस्य समेत रहनुभएका उराँवका अनुसार खिखरि टोल, बबिया कुपी टोल, शुक्रबारे टोल र मलाहा टोलका बस्तीहरु डुवानमा परेको हो ।
उता जिल्लामा धेरै ठाउँ डुवानमा परेको र गडन तथा सुनसरी खोलामा कटान तिब्र पारेको छ । यहाँका स्थानीय सुनसरी, गडन, धन उष्णा, बुढी र मरिया खोलामा आएको बाढीले नदी आसपासमा बसोबास गर्नेहरुलाई प्रभावित पारेको छ । वर्षाले केही ठाउँमा डुवान भएको खवर आएपछि विस्थापित भएको र अन्य कुनै मानविय वा भौतिक क्षतीको विवरण नआएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्कीले जनाकारी दिए ।
त्यस्तै भाेक्राहा नरसिंह गाउँपालिकाकाे ४,५ र ७ नम्बर डुवानमा परेका छन् ।
गाउँपालिकाका ३ वटा वडाका केही बस्ती डुवानमा परेकाले गाउँवालिका अध्यक्ष अजमल अख्तर आजादले बाढी प्रभावित क्षेत्र अनुगमन गरेका छन् ।
साे अनुगमनमा भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष हारूण अंसारी वडा नम्बर ७ का वडाध्यक्ष बाैवालाल यादव र याेजना शाखाका याेजना सहायक रामचन्द्र यादव लगायतका जनप्रतिनिधि तथा कर्मचारीहरूकाे सहभागी रहेकोे थियोे ।
उता जल तथा मौसम विज्ञान विभागले मंगलबार विहान प्रत्येक नागरिकको मोवाईलमा सूचना प्रवाह गर्दै झापा, मोरङ, सुनसरीका अधिकांश स्थानहरूमा पछिल्लो ३ घण्टामा अति भारी वर्षा भएको र थप वर्षा हुने, मेची, विरिङ, बक्राहा, लोहन्द्रा, बुढीखोला, सुनसरीखोला लगायत उक्त जिल्लाको तराई र चुरे भइ बहने साना नदीहरूमा बाढीको जोखिम; तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरूले भोलि सम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
Discussion about this post