सोलुखुम्बु : सोलुखुम्बु सोताङ गाउँपालिकाका जननिर्वाचित २ जना वडा सदस्यलाई जुत्ताको माला र कालोमोसो दल्ने तिन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । २०७९ को स्थानीय तह निवार्चनमा निर्वाचित सोताङ गाउँपालिका वडा नम्बर २ का दुर्गा प्रसाद राई र वडा नम्बर ४ का सन्देश तामाङलाई कालो मसो र जुत्ताको माला लगाउने ३ जनालाई मंगलबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी ज्ञान बहादुर माझीले जानकारी दिनुभयो । २०७९ जेष्ठ १६ गते सोमबार भएको सोताङ गाउँपालिकाको गाउँकार्यपालिका गठनको लागि भएको निर्वाचनमा राई र तामाङले पैसाको प्रलोभनमा पार्टीको विधान,आचारसंहिता,मर्यादा र ह्वीप विपरित नेपाली काङ्ग्रेसलाई मतदान गरेको भन्दै जनप्रतिनिधिलाई कालो मोसो र जुत्ताको माला लगाइदिएका थिए । तामाङ र राईको उजुरीका आधारमा ३ जना नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सोताङ गाउँपालिका ५ का २९ वर्षीय एकराज थापा, ३४ वर्षीय गणेश थापा र ३६ वर्षीय धन कुमार बिश्वकर्मा रहेका छन । थप अनुसन्धानका लागी जिल्ला अदालतबाठ ७ दिनको म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तिन जना विरुद्ध थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
Discussion about this post