• pradeshpoint
  • Pradeshpoint
Wednesday, May 6, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

खाली भए प्रदेश १ का कोरोना अस्पताल, दोहोरो अंकमा छैन् बिरामी

admin 📝 admin
२०७७ पुस २५ गते, ९:२५ बजे प्रकाशित
in मुख्य पाना
सञ्चार मैंत्री नीति निर्माणमा केन्द्रित छु : मन्त्री गुरुङ
31
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । प्रदेश नं. १ मा रहेका कोरोना भाइरस १९ का संक्रमीत बिरामीहरु खाली भएका छन् ।

सरकारले गरेको अनुमान हिउँदे मौसममा चट्ट भएका छन् ।

सरकारले विभिन्न मिडियामा भन्दै आएका थिए हिउँदमा कोरोना संक्रमणले झन् उग्र रुप लिन्छ तर सरकारको भनाई उल्टो भएको छ ।

प्रदेश सरकारले कोरोना संक्रमितको संख्या बढ्दा स्वास्थ्य क्षेत्र संचालन र बिरामीको व्यवस्थापनमा कठिनाई आउन सक्ने अनुमान गरेको थियो ।

भने सरकारले परिस्थितलाई काबुमा राख्न विशेष स्वास्थ्य सावधानी अपनाउन नागरिकहरुमा अपिल गरिरहेको छ ।

तर, पुस चौथो साता शुरु भईसक्दा प्रदेश १ का अस्पतालहरुमा भने कोभिड १९ का बिरामीको संख्या घटेर शैया खाली हुन थालेका छन । कोरोना संक्रमितको उपचार हुने प्रदेशका सरकारी र निजी अस्पतालहरुमा अब दोहोरो संख्यामा संक्रमित छैनन् ।

प्रदेश सरकारले गत चैत महिनाबाट संचालनमा ल्याएको कोशी कोभिड १९ अस्पतालमा एक जनामात्र संक्रमित उपचाररत छन । अस्पतालका अनुसार बुधबार साँझसम्म दुई जना संक्रमितमध्ये भेन्टिलेटरमा उपचाररत एक जना विरामीको शुक्रबार बिहान मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी आनन्द लामिछानेका अनुसार पछिल्लो एक महिना यता संक्रमित भर्ना हुने दर घटेर लगभग शून्यमा पुग्ने अवस्था छ । उनले भने, ‘अहिले संक्रमित भई उपचार गर्न आउनेको संख्या घट्न शुरु भएको छ ।’ हालसम्म कोशी कोभिड अस्पतालमा उपचारका लागि भर्ना भएका ८ सय २२ जना भर्ना भएकोमा ५५ जनाको मृत्यु भएको छ ।

कोशी अस्पतालका मेसु डा. चुमनलाल दासले अहिले कोरोना संक्रमणको दर घटेको देखिएको बताउँदै भन्छन्, ‘परीक्षण संख्या पनि क्रमशः कम हुँदै गएकोले पनि कमी आएको देखिन्छ ।’

अस्पतालले ज्वरो आएका र रुघाखोकी लागेका बिरामीलाई पहिले फिभर क्लिनिकमा परीक्षण गरेर मात्र स्वाब परीक्षण गर्न थालिएको जानकारी दिएका छन ।

प्रदेश १ मा दैनिक १ हजारको संख्यामा हुने गरेको परीक्षण अहिले ४ सय हाराहारीमा झरेको छ । कोसी अस्पतालको आईसोलेसनका इञ्चार्ज डा. लक्ष्मीनारायण यादव अहिले संक्रमितको संख्यामा कमी आएको देखिएपनि लापर्वाही भने गर्न नहुने आम सर्वसाधारणलाई सुझाव दिन्छन ।

यादवले भने, ‘सरकारले लागू गरेका स्वास्थ्य सम्बन्धी प्रोटोकल सबैले मान्नुपर्छ, कोभिड पुरै सकिएको जसरी व्यवहार गर्नु हुँदैन ।’ उनले संक्रमणले जुनबेला पनि स्वरुप फेर्न सक्ने खतरा भने रहिरहेको बताए ।

रेफरल अस्पतालको रुपमा समेत सेवा दिई रहेको धरानको विपीको कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना संक्रमित मात्र उपचारमा छन । अस्पताल प्रशासनका अनुसार हालसम्म भर्ना भएका १ हजार १ सय ७३ जना मध्ये १ सय १९ जनाको मृत्यु भएको छ ।

प्रतिष्ठानबाट कोरोना ठिक भई ९ सय ७६ जना डिस्चार्ज भएका छन । प्रतिष्ठानले हालसम्म ७३ हजार ३ सय ७ नमूना संकलन गरी पीसीआर परीक्षण गरेको छ । तीमध्ये ६४ हजार ३ सय २९ जनाको रिर्पोट नेगेटिभ आएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोरोनाका सक्रिय संक्रमित ४ सय १० जना रहेका छन् । तीमध्ये ३ सय ९१ जना होमआईसोलेसनमा छन ।

२९ हजार ९ सय २८ जना संक्रमित मध्ये २९ हजार ५६ जना डिस्चार्ज भएका छन् । संक्रमण देखिएका ४ सय ६३ जनाको मृत्यु भएको छ । प्रदेशभर हालसम्म २ लाख १० हजार ७ सय २५ जनाको पीसीआर परीक्षण भएको छ ।

विराटनगरमा निजी क्षेत्रसमेतको पहलमा खोलिएको एक सय शैयाको नागरिक केयर सेन्टरमा बिरामी भर्ना भएका छैनन् । संक्रमित हुने दर नै कम भएपछि अस्पताल भर्ना हुने बिरामी नभएको निजी अस्पतालले समेत जनाएका छन ।

विराटनगरको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार विहीबार मध्यान्नसम्म अस्पतालमा जम्मा ४ जना कोरोना संक्रमित उपचाररत छन । दाहालले भने, ‘आईसियूमा राख्नुपर्ने बिरामीको संख्या विगत जस्तो छैन, दोहोरो अंकमा संक्रमित भर्ना नभएको त निक्कै भईसक्यो ।’

नोबेलले कोरोना परीक्षण र उपचार दुबैको प्रबन्ध गरेको छ । दाहालका अनुसार अहिले अस्पतालसम्म आई कोरोना परीक्षण गर्नेको संख्यामा समेत कमी आएको छ । विराटनगरकै विराट अस्पतालले संचालन गरेको कोभिड उपचार केन्द्रमा ४ जना उपचार भइरहेको अस्पताल प्रशासनले जानकारी दिएका छन ।

Tags: कोरोना अस्पताल

Related Posts

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान
FEATURE

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
0

इनरुवा । सुनसरी जिल्लामा यस वर्ष गहुँ उत्पादनमा कमी आउने संकेत देखिएको छ। खेती सुरु हुने समयमा पर्याप्त वर्षा नहुनु र...

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित
प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

कार्यालय समय, पोशाक र सेवा डेलिभरीमा अध्यक्ष आजादको निर्देशन

२०८२ चैत्र १७ गते, ११:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist