इनरुवा । राष्ट्रिय युवा संघ नेपालको सुनसरी संयोजकमा अरूण गुरूङ चयन भएका छन् । धरानमा भएको युवा संघको बृहत् भेलाले गुरूङलाई संयोजक चयन गरेको हो । त्यस्तै भेलाले सुनसरीका १२ वटै स्थानीय तहका संयोजक र सह संयोजक पनि तोकेको छ ।
धरान उपमहानगरपालिकाको संयोजकमा भवानी दाहाल, इटहरीको संयोजकमा कमल दाहाल, सह संयोजकमा संजिव शाह, संयोजक सन्तोष तामांङ, सह संयोजक मिलन चौधरी, गढीको संयोजक अतिति चौधरी, सह संयोजक, दिपेश यादव, रोशन चौधरी, सह संयोजक जय नारायण गुरूङ, कोशीको संयोजक भुपेन्द्र पाठक, सह संयोजक राजेन्द्र यादव, देवानगञ्जको संयोजक सरोज मेहता, भोक्राहा नरिसंह गाउँपालिका गाउँ कमिटीको संयोजकमा रमेशकुमार यादवलाई चयन गरिएको छ भने सह संयोजकमा इसाक अन्सारी चयन गरिएको छ ।
त्यस्तै रामधुनी नगरपालिकाको संयोजकमा परशुराम लुइटेल, बराहक्षेत्रको संयोजक मणिराज तामांङ, सह संयोजक रविन राई चयन गरिएको जिल्ला संयोजक अरूण गुरूङले जानकारी दिए । उनको भनाई अनुसार जिल्लामा ७१ सदस्यीय कमिटी गठन गरिएको छ ।
यता राष्ट्रिय युवा संघ नेपाल, भोक्राहा नरसिंह गाउँपालिकाका गाउँ कमिटी संयोजक रमेश कुमार यादव संगठन बनाउन व्यस्त रहेका छन् ।
पछिल्लो समय भोक्राहा नरसिंह गाउँपालिकामा युवाहरु माँझ लोकप्रीय रहेकोे यादव संयोजकमा चयन भएपछि युवाहरुले समाजिक संजाल फेसबुक, म्यासेन्जर, ह्वाटस्प लगायतमा बधाई तथा शुभकामना ओइरो लागेको छ ।
युवाहरुलाई सुख र दुखमा साथ दिने यादव अहिले भोक्राहा नरसिंहमा लोकप्रीय रहेको स्थानीय युवा चन्दन यादवले जानकारी दिए ।
स्थानीय चन्दनका अनुसार भर्खर राष्ट्रिय युवा संघ नेपाल भोक्राहा नरसिंह गाउँपालिका गाउँ कमिटीका लागि चयन भएका रमेश कुमार यादवले कोरोना भाइरसको समयमा विपन्न गरिव परिवारहरुलाई विभिन्न संघ संस्थाहरुसँग समन्वय गरी रहात समेत बाढेको थियो ।
Discussion about this post