• pradeshpoint
  • Pradeshpoint
Tuesday, January 13, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सर्वोच्चको आदेश आए आफू चुनावसँग नडराउने:सभापति मेहता

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ माघ ४ गते, ७:४५ बजे प्रकाशित
in Uncategorized, मुख्य पाना, स्थानीय खबर
सर्वोच्चको आदेश आए आफू चुनावसँग नडराउने:सभापति मेहता
25
SHARES
Share on FacebookShare on Twitter

इनरूवा । नेपाली कांग्रेस इनरुवा नगर कार्यसमितिका सभापति तथा इनरुवा नगरपालिकाका मेयर राजन मेहताले नेपाली कांग्रेस चुनावदेखि कहिल्यै पनि नडराएको बताएका छन् ।

नेपाली कांग्रेस इनरुवा नगरकार्य समितिको विरोधसभालाई सम्बोधन गर्दै मेयर मेहताले संसद् विघटन अलोकतान्त्रिक र असवैधानिक भएको हुँदा सर्वोच्चको आदेश आए आफू चुनावसँग नडराउने बताएका हुन् ।

 

उनले भने, ‘चुनाव भयो भने दुर्बिनबाट हेर्दा पनि कम्युनिस्ट भेटिँदैनन् ।’ हिजोको स्थानीय तहको निर्वाचनमा तत्कालीन एमाले र माओवादीले मिलेर चुनावी मैदानमा आएका थिए तैपनि सुनसरीमा हात मिलाउन सकेनन् भने अब उनीहरु आफैँ दुई कित्तामा उभिएकाले कुनै पनि हालतमा कांग्रेससँग नसक्ने भएको हुँदा कांग्रेस चुनावमा नडराईकन यदि चुनाव भयो भने कांग्रेस अग्रपंक्तिमा रहने उनले बताए ।

संविधानको रक्षाको लागि सडकमा उत्रिएको भन्दै उनले गलत प्रचारवाजी भइरहेको बेला नेपाली कांग्रेसले कम्युनिस्ट सरकारमा नजाने दाबी गरे । नेपालको संविधानको मर्म र भावना बुझेर अगाडि बढ्ने र सर्वोच्चको आदेशअनुसार नेपाली कांग्रेसले जनताको माझ जाने विश्वास व्यक्त गरें ।

उनले भने, ‘सर्वोच्चले चुनावको घोषणा गर्‍यो भने जनतामाझ गएर नेपाली कांग्रेसले भोट माग्छ, गरेका गल्तीहरुको क्षमा माग्दै उठ्बस गर्छ । लोकतन्त्र रक्षाको लागि कांग्रेस सदैव तयार रहेकाले नेपाली जनताको पक्षमा वकालत गर्नेछ ।’

 

अबको चुनावमा कम्युनिस्टलाई भोट दियो भने कहिल्यै पनि लोकतन्त्र, संघीयता र संविधानको रक्षा नहुने उनले बताए । नेपाली जनतालाई आवश्यकता परेको बेला र बदलिँदो परिस्थितिमा व्यवस्था परिर्वतन भएको खण्डमा नेपाली कांग्रेस जनताको पक्षमा उभिएको उनको तर्क थियो ।

जिल्ला पार्टी कार्यालय अगाडिबाट विरोध र्‍याली सुरु गरी लोकतान्त्रिक चोकमा कोणसभामा परिणत भएको थियो । नगर सभापति राजन मेहताको अगुवाइमा निकालिएको विरोध र्‍यालीमा सयौंको संख्यामा सहभागिता रहेको थियो ।

नेपाली कांग्रेसका जिल्ला सदस्य तथा इनरुवा नगरपालिका वडा नम्बर–२ का वडा सदस्य रञ्जेश भट्टराईले नेपाली जनतालाई कम्युनिस्ट सरकारले गुमराहमा राखेको बताए ।

नेपाली कांग्रेसको नेतृत्वमा ल्याएको संविधानलाई रक्षा गर्नुपर्ने साटो कम्युनिस्टहरुले सखाप पार्न खोजेको आरोप उनले लगाए । संसद् विघटन गरेर महाविद्वान भनाउँदाहरुले अहिले राम्रो काम गरेर सास्तो लोकप्रियता कमाएकोप्रति नेपाली कांग्रेसले देशभरि अन्दोलन गरिरहेको बताए ।

विरोधसभामा इनरुवा नगर कार्यसमितिका पदाधिकारी, तरुण दल, महिला, युवा, विद्यार्थीलगायतको सहभागिता रहेको थियो । कार्यक्रम इनरुवा नगर कार्यसमितिका सचिव रोशन खड्काले सञ्चालन गरेका थिए ।

Tags: नगर सभापति राजन मेहतासर्वोच्चको आदेश आए आफू चुनावसँग नडराउने

Related Posts

बङलादेशमा हिन्दूमाथि कथित हिंसाविरुद्ध विराटनगरमा विश्व हिन्दू परिषद् युवा विभागको प्रदर्शन
FEATURE

बङलादेशमा हिन्दूमाथि कथित हिंसाविरुद्ध विराटनगरमा विश्व हिन्दू परिषद् युवा विभागको प्रदर्शन

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस ८ गते, ११:४५ बजे प्रकाशित
0

इनरुवा । बङलादेशमा हालै देखिएका घटनाप्रति आपत्ति जनाउँदै विश्व हिन्दू परिषद् युवा विभाग नेपालले विराटनगरमा विरोध प्रदर्शन गरेको छ। पञ्चमुखी...

विराटनगरका दुई क्यासिनोमा छापा: २० जना पक्राउ, सञ्चालकसमेत नियन्त्रणमा
FEATURE

विराटनगरका दुई क्यासिनोमा छापा: २० जना पक्राउ, सञ्चालकसमेत नियन्त्रणमा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस ७ गते, १२:१९ बजे प्रकाशित
0

 इनरुवा । विराटनगरका दुई चर्चित क्यासिनोमा प्रहरीले एकैपटक मध्यरातमा छापा हान्दा २० जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये दुई जना...

राष्ट्रिय गानसँगै कार्यालय सेवा सुरू गर्दै भोक्राहा नरसिंह गाउँपालिका

राष्ट्रिय गानसँगै कार्यालय सेवा सुरू गर्दै भोक्राहा नरसिंह गाउँपालिका

२०८२ पुस ६ गते, ११:४१ बजे प्रकाशित
भवनबाट खसेर गम्भीर घाइते भएका इन्टर्न डाक्टरको मृत्यु

भवनबाट खसेर गम्भीर घाइते भएका इन्टर्न डाक्टरको मृत्यु

२०८२ पुस ६ गते, ११:२९ बजे प्रकाशित
इटहरीमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन, ११२ अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत हुँदै

इटहरीमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन, ११२ अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत हुँदै

२०८२ पुस ३ गते, १७:३८ बजे प्रकाशित
बुढीगंगा– नगर प्रहरी इन्चार्ज विरेंद्र थापा मगर पक्राउ

बुढीगंगा– नगर प्रहरी इन्चार्ज विरेंद्र थापा मगर पक्राउ

२०८२ पुस ३ गते, १३:४३ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित
विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

२०८२ पुस २२ गते, १४:१७ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist