इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ५ स्थित सुनसरी खोलामा तटबन्ध निर्माण हुने भएपछि स्थानीयवासीमा खुशी भएका छन् ।
प्रत्येक बर्ष सुनसरी खोलामा बर्षातको समयमा आउने बाढीले डुबानमा पर्ने भोक्राहा नरसिंह गाउँपालिका ५ गाउँ क्षेत्रको सुनसरी खोलामा तटबन्ध निर्माण हुनेभएपछी वर्षौंदेखि बाढीबाट पिडत बन्दै आएका स्थानीयबासीहरु अहिले हर्षित बनेका हुन् ।
बर्सातको समयमा सुनसरी खोलामा बाढी आएपछी खोला नै गाउँ पस्ने गरेकोले निकै समस्या हुने गरेकोले अहिले खोलामा तटबन्ध बन्ने भएपछी स्थानीयवासी हर्षित बनेको भोक्राहा नरसिंह गाउँपालिका–५ का वडा अध्यक्ष बसिरुद्धिन मंसुरीले जानकारी दिए ।
अब खोलामा तटबन्ध बन्ने भएपछि भोक्राहा नरसिंह–५ का सयौँ नागरिक लाभान्वित हुने वडा अध्यक्ष मंसुरीले बताए ।
उक्त ठाउँमा तटबन्ध नहुँदा प्रत्येक वर्षको वर्षात समयमा भोक्राहा नरसिंह गाउँपालिकाका वार्ड नंं. ५, ६,७ र ८ का स्थानीयबासीहरुको घर घरमा सुनसरी खोलाको पानी घर घरमा पस्दा उनीहरु घरबार विहिन हुनुपर्ने समस्या थियो । तटबन्ध निर्माण भएपछी अब यो समस्या समाधान हुने वडा अध्यक्ष मंसुरीले बताए ।
भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ५ का वडाध्यक्ष बसरुद्धिन मंसुरी र भोक्राहा नरसिंह गाउँपालिकाका समाजिक परिचालक रामचन्द्र यादवको पहलमा सुनसरी खोलामा बाँध निर्माणको लागि प्रदेश १ सरकारको ७० लाख रुपैयाँ लागतमा तटबन्ध निर्माण हुने भएको हो ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...









Discussion about this post