इनरुवा । सबै खाले विकासे र जनहितका कार्य गर्ने गरि गरिने निर्णय प्रकृयामा युवाहरुको सहभागिता गराउने जनप्रतिनिधीहरुले बताएका छन् ।
इनरुवा नगरपालिका ९ का वडा अध्यक्ष बसिरमुद्धिन मंसुरी र इनरुवा १० का वडा अध्यक्ष सुल्तान मियाँले वडाबाट गरिने सम्पूर्ण प्रक्रियामा युवाहरुलाई समावेश गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
इनरुवा १० जल्पापुरमा आयोजित कार्यक्रममा उनिहरुले सबै सरोकराबालाहरुले निर्णय प्रकृयामा युवाको अर्थपूर्ण सहभागिता गराउनुपर्नेमा पनि जोड दिए ।
उनिहरुले आफूहरुको वडामा विकास निर्माण काम देखी लक्षित समूहसम्मको काममा यूवाहरुको सहभागिता हुदै आएकोमा अव अर्थपूर्ण सहभागिता आवश्यक रहेको बताए । कार्यक्रममा अन्य सरोकारबालाहरुले सामाजिक र भौतिक विकासका लागि प्रत्येक निर्णय प्रकृयामा युवाको अर्थपूर्ण सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए ।
कार्यक्रममा इनरुवा नगरपालिका ९ कि सदस्य रन्जना चौधरी, इनरुवा १० वडा सदस्य सतियादेवी खत्वे र ताविर मियाँ, हाजी सराफत, किसोरी समूहकी पुनम शर्मा, संगिता उराँव, अमृता उराँव,मोजोमिल मियाँ, नेकपाका मो. मोख्तार मियाँ सहित १६ वढी सरोकारबालाहरुले गाउँको हरेक काममा वडा र पालिकाले निर्णय प्रकृयादेखी निर्माणसम्ममा युवाहरुको अर्थपूर्ण सहभागिता गराउदै आएको बताए
Discussion about this post