इनरुवा । नेपाली काँग्रेसले भोलि देशका सबै वडाहरुमा बिरोध प्रदर्शन गर्दै छ । सरकारले संसद बिगठन गरेको बिषयलाई लिएर काँग्रेसले चरणवद्ध आन्दोलनको घोषणा गरेर जनतामाँझ गएको हो ।
यस अघि काँग्रेसले जिल्ला स्तरीय, प्रतिनिधि सभा, प्रदेश सभा हुँदै वडास्तरमा बिरोध सभा गर्न लागेको हो । सरकारको असंबैधानीक कदमको बिरोधमा आन्दोलन गर्दै आएको काँग्रेसले माघ ८ गते भोलि सबै वडामा प्रदर्शनको तयारी गरेको नेपाली काँग्रेस भोक्राहा नरसिंह गाउँपालिकाका सभापति युवराज दहालले जानकारी दिए ।
भोक्राहा नरसिंह गाउँपालिकाका ८ वटै वडा लगायत देशभरका वडाहरुमा प्रदर्शनको व्यापक तयारी गरिरहेको दहालले बताए । क्रियाशिल सदस्य तथा साधरण सदस्यहरुलाई व्यापकरुपमा उपस्थित जनाउन उनले आग्रह समेत गरेका छन ।
Discussion about this post