इनरुवा ।
सुरक्षित वैदेशिक रोजगारी समबन्धी इनरुवा नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ ।
इनरुवा नगरपालिकाको सभा हलमा आयोजित अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरुको उपस्थितीमा कार्यक्रम समपन्न भएको सामी परियोजना सुनसरीका कार्यक्रम संयोजक धिरज भट्टराईले जानकारी दिए ।
कार्यक्रम संयोजक भट्टराई अनुसार इनरुवा नगरपालिका जनप्रतिनिधिहरुसँग सुरक्षित आप्रवासन परियोजना सामी (सेफर माइग्रेसन प्रोजेक्ट ) को बारेमा विस्तृत जानकारी दिदैँ अन्तरक्रिया कार्यक्रम समपन्न भएको बताए ।
इनरुवा नगरपालिकामा सामुदायीक विकास संस्था (सिडियो) सुनसरी मार्फत संचालित सामी परियोजना गरेको प्रगतिको बारेमा इनरुवा नगरपालिकाका जनप्रतिनिधिहरुलाई जानकारी दिएको बताए ।
स्वदेशमा नै रोजगारी गरौं ,वैदेशिक रोजगारीमा जाने नै भए सहि सूचना लिएर सीप सिकेर मात्र जाउँ भन्ने मूल उदेश्यका साथ गठन भएको सो परियोजनाले जिल्लाको चार वटा पालिकाहरू धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा काम गरिरहेको छ ।
वैदेशिक रोजगारलाई सुरक्षित ,मर्यादित एवम् शोषण रहित बनाउन नेपाल सरकार र स्विटजरल्याण्ड सरकार बीच द्विपक्षीय समझौता अनुरूप सो परियोजना संचालित रहेको सामी परियोजना सुनसरीका कार्यक्रम अधिकृत देवनारायण चौधरीले बताए ।
Discussion about this post