इटहरीको टोल–टोलमा लाग्यो सरकार विरुद्ध मुर्दावादको नारा
इटहरी । केपी ओली सरकारको असबैधानीक कदम विरुद्ध नेपाली काँग्रेसले वडास्तरमा वृहत प्रदर्शन गरेको छ । नेपाली काँग्रेस इटहरीले इटहरीको २० वटै वडामा वृहत प्रदर्शन गरेको हो ।
नेपाली काँग्रेसले वडाहरुमा बिरोध प्रदर्शन गर्दै केपी ओली सरकारको चर्को आलोचना गरे । सरकारले संसद बिगठन गरेको बिषयलाई लिएर काँग्रेसले केहि सयम देखि सडकमा विरोध प्रदर्शन गर्दै आएको छ ।
इटहरी २० को वडास्तरमा बिरोध सभामा बोल्दै नेपाली काँग्रेस इटहरीका सह–सभापति कोवित कार्कीले सरकार देखि वडास्तरको जनता सम्म दुखी भएको बताए । गाउँ गाउँमा केपी ओली सरकार विरुद्ध आफुहरु सडक संर्घष गरिरहेको बताए ।
नेपाली काँग्रेस सुनसरी क्षेत्रनम्बर २ (क) का सभापति रमेश पोखरेलले केपी ओलीका कारण देशको कानुन र देश नै संकटमा परेको भन्दै आगमी दिनमा कम्युनिष्टलाई भोट नदिन जनतालाई आग्र्रह गरे ।
नेपाली काँग्रेस सुनसरीका क्षेत्रनम्बर २ सभापति मणिराम श्रेष्ठले जनतालाई कम्युनिष्टले धोका दिएको बताए । इटहरी १९ को सभालाई सम्बोधन गर्दै श्रेष्ठले सरकारको मनपरीतन्त्रले देशका आम जनताले दुख पाएको गुनासो गरे । सरकारको विरोध सँगै चुनावको तयारीमा समेत काँग्रेस रहेको भन्दै उनले आगमी चुनावको लागि भोट समेत मागे ।
नेपाली काँग्रेस इटहरी १९ का वडासभापति दुर्गा पौडेलले कम्युनिष्टहरुले देश संकटमा पुराएको भन्दै आगमी निर्वाचनमा जनताले देखाईदिने बताए । इटहरीको सबै वडामा उल्लेखनीय रुपमा काँग्रेस कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।
Discussion about this post