काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि जनसम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि सरकारले वैशाख १७ र २७ गते निर्वाचन तोकेको छ । उक्त निर्वाचनको लागि काम गर्न आयोगले सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको हो ।
’मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने, निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम, निर्वाचनसँग सम्बन्धित विभिन्न सूचना तथा सन्देशको सम्प्रेषण गर्ने लगायतका कार्यहरु सञ्चालन गर्न र आयोगबाट तोकिएका कार्यहरुमा आवश्यक सहयोग र समन्वयका लागि निर्वाचन आयोगले सबै प्रदेश र स्थानीय तहमा एक एकजना सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको छ,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने ।
आयोगले सबै प्रदेशमा निर्वाचन सम्बन्धी विषयमा आवश्यक समन्वय गर्न सम्बन्धित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव वा सो सरहका एकजना कर्मचारीलाई निर्वाचन सम्पर्क व्यक्ति तोक्न भनेको छ। सम्पर्क व्यक्ति तोकेर त्यसको जानकारी आयोगलाई दिन आयोगले आग्रह गरेको छ ।
यसैगरी, स्थानीय तहमा शिक्षा वा सामाजिक विषयसँग सम्बन्धित शाखाको प्रमुखलाई निर्वाचन सम्पर्क व्यक्ति तोक्न आयोगले भनेको छ । यसको जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दिन आयोगले भनेको छ ।
साथै आयोगले प्रदेश र स्थानीय तहमा रहने सम्पर्क व्यक्तिको कार्यविवरण समेत स्वीकृत गरेको छ ।
भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण
इनरुवा । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाले पालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूमा PAMS V2 र EHMIS प्रणाली अद्यावधिक तथा प्रभावकारी रूपमा सञ्चालन गर्न...









Discussion about this post