इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका स्थित रहेको उपभोक्ता समितिका पदाधिकारीहरुलाई तालिम प्रदान गरेको छ ।
भोक्राहा नरसिंह गाउँपालिका कार्यालयको आयोजनामा गाउँपालिका भरी गठित उपभोक्ता समितिका पदाधिकारीहरुलाई भेला गराई उनिहरुलाई तालिम प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहताले जानकारी दिए ।
उक्त कार्यक्रममा बोल्दै भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले गाउँपालिका क्षेत्रमा ठोस रुपमा विकास निर्माण कार्य संचालन गर्नका लागि उपभोक्ता समितिका पदाधिकारीहरुलाई प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी मेहताले जनतालाई विकास निर्माणको प्रक्रियामा सहभागी गराउन र विकासको बारेमा सोच बद्लनका लागि प्रशिक्षण कार्यक्रमले मद्धत पुगेको बताईन् ।
एसईईमा उत्कृष्ट विद्यार्थीहरू भव्य समारोहका बीच सम्मानित
रन्धिर यादव/ इनरुवा । शैक्षिक उत्कृष्टता कुनै पनि राष्ट्रको उज्ज्वल भविष्य निर्माण गर्ने आधारशिला हो भन्ने धारणा राख्दै, भोक्राहा नरसिंह...
Discussion about this post