• pradeshpoint
  • Pradeshpoint
Monday, April 27, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सुनसरीका सबै वडामा प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेसको ब्यापक बिरोध प्रदर्शन

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ माघ ९ गते, १३:२० बजे प्रकाशित
in FEATURE, Uncategorized, मुख्य पाना, स्थानीय खबर
सुनसरीका सबै वडामा प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेसको ब्यापक बिरोध प्रदर्शन
32
SHARES
Share on FacebookShare on Twitter

सुरेन्द्र मेहता / इनरुवा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलित रहेको नेपाली काँग्रेस सुनसरीले बिहिबार जिल्लाका सबै वडामा व्यापक रुपमा विरोध प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै बिहिबार सुनसरीको सम्पूर्ण वडा तहमा व्यापक रुपमा बिरोध प्रदर्शन गरिएको नेपाली काँग्रेस सुनसरीका सभापति राजिव कोइरालाले जानकारी दिए ।
यस अघि नेपाली कांग्रेस सुनसरीले पुस १३ गते जिल्लाको सबै निर्वाचन क्षेत्रमा, पुस २५ गते प्रदेशसभा निर्वाचन क्षेत्रमा, माघ ३ गते पालिकाहरुमा विरोध प्रदर्शन गरेका थिए ।
संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस एकमत रहेको भन्दै व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न बिहिबार सुनसरीका सबै वडा तहमा बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरिएको काँगे्रस सभापति कोइरालाले जानकारी दिए ।
नेपाली काँग्रेस इनरुवा नगर समितिको आव्हानमा इनरुवाको १० वटै वडामा नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्ध बिरोध प्रदर्शन गरिएको नेपाली काँग्रेस इनरुवा नगर समितिका सभापति राजन मेहताले जानकारी दिए । काँग्रेस इनरुवाको वडा स्तरीय बिरोध कार्यक्रम अन्र्तगत इनरुवा वडा न. १ देखी १० न. वडाहरुमा रयाली निकाल्दै वडा परिक्रमा गरेको थियो । १० वटै वडामा छुट्टा छुट्टै र्याली परिक्रमा गरेपछि फेरि र्याली कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै काँग्रेसका नेताहरुले बर्तमान कम्युनिष्ट सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका थिए । कोण सभामा बोल्ने नेताहरुले जनताको पिरमर्कालाई सरकारले कुनै पनि किसिमले ध्यान नदिएको बताउदै बर्तमान सरकार र नेपाल कम्युनिष्ट पार्टीको आयु लामो नरहेको नेताहरुको जिकिर थियो ।
नेपाली काँग्रेस इनरुवा २ न. वडा समितिका सभापति भुपेन्द्रसिंह यादवको नेतृत्वमा उल्लेखनिय कार्यकर्ताहरुको सहभागिता वडामा बिरोध प्रदर्शन कार्यक्रम गरिएको काँग्रेस वडा समितिका सचिव सन्तोष शर्माले जानकारी दिए ।
इनरुवा २ स्थित नेपाली काँग्रेस २ न. वडा समितिको कोण सभालाई सम्बोधन गर्दै विघठित प्रतिनिधी सभाका सदस्य सिताराम मेहताले प्रधानमन्त्री ओलीले प्रतिनिधी सभा विघटन गरेर मुलुकमा संकट खडा गरेको बताए । यस्तै सरकारले कोरोना महामारी तथा लकडाउनको समयमा खरिद गरिएको औषधिमा समेत भ्रष्टाचार गर्न नछाडेको उनले बताए । यता इनरुवाको १० वटै वडामा संचालित बिरोध कार्यक्रमको अनुगमन गरेका नेपाली काँग्रेस इनरुवाका नगर सभापति तथा इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताले राष्ट्रबादको नाम लिएर भोट लिएको कम्युनिष्ट सरकार आज जनताको बिचमा देखिन छाडेको प्रतिक्रिया दिए । मेहताले जनतालाई खाडलमा पारेर सरकारको भ्रष्टाचारतर्फ ध्यान केन्द्रित रहेको प्रदेशपना डट कम लाई बताए ।

उनले बर्तमान सरकारले नेपाली जनतामाथि करको बोझ थुपारेको समेत आरोप लगाएका छन् । त्यसैगरी नेपाली काँग्रेसले सुनसरीको धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, रामधुनी, इनरुवा, दुहवी, बराहक्षेत्र नगरपालिका, भोक्राहा नरसिंह, कोशी, गढी, बर्जु, हरिनगर र देवानगंज गाउँपालिकाका सम्पूर्ण वडाहरु प्रधानमन्त्री ओलीको कदम बिरुद्धमा व्यापक जनप्रदर्शन गरेको हो ।

Tags: इनरुवा २ स्थित नेपाली काँग्रेस २ न. वडा समितिको कोण सभालाई सम्बोधन गर्दैसुनसरीका सबै वडामा प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेसको ब्यापक बिरोध प्रदर्शन

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist