इटहरी / सवारी चालक अनुमतिपत्र – लाइसेन्स को अनलाइन आवेदन फारम आजदेखि बिनाकोटा भर्न पाइने भएको छ ।
यातायात व्यवस्था विभागले लाइसेन्स आवेदनमा लगाएको कोटा प्रणाली आजदेखि हटाएपछि आवेदन दिने कार्य सहज भएको हो । अनलाइन प्रणालीमा रहेको समस्याका कारण यसअघि दैनिक ५ हजारको संख्यामा मात्र आवेदन फारम भर्ने सुविधा दिइरहेका यातायात व्यवस्था कार्यालयहरुले आजदेखि असिमित संख्यामा अनलाइन फारम स्वीकार गर्ने यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागका अनुसार वेबसाइटको क्षमतामा सुधार गरिएकाले अब सेवाग्राहीलाई कुनै प्रकारको हैरानी नहुने भएको छ । विभागको वेबसाइट धधध।मयतm।नयख।लउ लगइन गरी जुनसुकै ठाउँबाट कम्प्युटर वा स्मार्टफोनको मद्दतले फारम भर्न सकिने विभागको भनाइ छ ।
Discussion about this post