पिएमणी भट्टराई / इनरुवा । द युवा क्लब इनरुवा ६ मधेसाले आइतबार स्थानिय खेलाडिहरुलाई १८ थान बुट र १८ थान जर्सी वितरण गरेको छ । क्लबका अध्यक्ष तथा इनरुवा नगर नेपाली काँगे्रसका सदस्य उत्तम कार्कीको संयोजनमा सो सामग्री बितरण गरिएको हो ।
पूर्व गाविस अध्यक्ष कमल कार्की र वडा अध्यक्ष कोषराज अधिकारीले संयुक्त रुपले बितरण गरेका थिए ।
करिब १५ वर्ष देखि मधेसामा सो क्लब मार्फत फुटबल खेल हुदै आएको क्लबका अध्यक्ष उत्तम कार्कीको भनाई रहेको छ । मधेसा स्तरिय खेलाडी जनमाउने थलो हो । इनरुवा नगरका मेयर राजन मेहताले समेत मधेसाको फुटबल खेललाई प्रोत्सहान गर्नै आफूलाई बताएको कार्कीको भनाइ थियो । सो क्लबमा १२ देखि २८ वर्ष उमेर समूहका खेलाडि रहेका छन् । क्लबका उपाध्यक्ष सुमन चौधरी भन्छन् देशको गौरवको लागि फुटबल खेलेको उनी सो क्लबका क्याप्टेन समेत हुन् ।
उनी सगैँ सुरज राम , बिवेक बास्तोला , निरज चौधरी , क्षितिज श्रेष्ठको पनि भनाई उस्तै छ । राष्ट्रिय टोलीबाट खेल्ने सपना छ । उनीहरु भन्छन अझै केही वर्ष लाग्छ । मिहेनत गरिरहेका छौ । उनीहरुका लागि सबै थोक फुटबल खेल बनेको छ । हामीलाई सिक्न राम्रो फिल्ड, सम्पूर्ण खेल सामाग्रीको व्यवस्था छैन् ।
बेलाबेलामा संघ संस्थाहरुले सहयोग गरे हाम्रो सपना पूरा हूने थियो भन्छन खेलाडिहरु । द यूवा क्लबका आइडल बनेका छन् मधेसाका पृथ्वी चौधरी । उनी पूर्व अण्डर १४ राष्ट्रिय टोलिका खेलाडी थिए । गर्व गर्छन खेलाडीहरु उनको प्रतिभा देखेर । उनीहरु आशावादी छन् फुटबलमा भविष्य बनाउन् ।
Discussion about this post