इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सुरक्षित वैदेशिक रोजगारी समबन्धी निर्वाचित जनफ्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ ।स्वदेशमा नै रोजगारी गरौं ,वैदेशिक रोजगारीमा जाने नै भए सहि सूचना लिएर सीप सिकेर मात्र जाउँ भन्ने मूल उदेश्यका साथ भोक्राहा नरसिंह गाउँपालिकामा जनफ्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम समपन्न भएको हो ।
भोक्राहा नरसिंह गाउँपालिकाको सझा हलमा आयोजित अन्तरक्रिया कार्यत्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले भने वैदेशिक रोजगारीका कारण परेको असरका आफु चिन्तीत रहेको बताए ।
कार्यक्रममा बोल्दै गापा अध्यक्ष यादवले भने घरपरिवार छोडेर युवाहरु राम्रो सपना बोकेर विदेश जान्छन् तर केही युवाहरु विदेशमै गैर नेपाली तरुनीसँग विवाह गर्ने गरेको र विदेशमै सन्तान समेत जन्माएको बताए ।
उनले कार्यक्रममा थप बोल्दै अध्यक्ष यादवले भने विदेशमा युवाहरु मस्त हुन्छन् यता घरफरिवारमा रुवावासी हुन्छन् ।
यता वैदेशिक रोजगारी सम्बन्धि अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष यादवले भने अबका दिनमा भोक्राहा नरसिंह गाउँपालिकाको ८ वटै वडामा वैदेशिक रोजगारीमा गएको घरपरिवारको प्रोफाइल तयार पार्न आफु लागि परेको बताए ।
वैदेशिक रोजगारीमा गएका घरपरिवारमा बढ्दै गएको समस्या हाल गाउँपालिकामा सामी परियोजना संचालन भएपछि समस्या कम हुन् थालेको उनले बताए ।
सामी परियोजना सुनसरीका कार्यक्रम संयोजक धिरज भट्टराई अनुसार भोक्राहा नरसिंह गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुसँग सुरक्षित आप्रवासन परियोजना सामी (सेफर माइग्रेसन फ्रोजेक्ट ) को बारेमा विस्तृत जानकारी दिदैँ अन्तरक्रिया कार्यक्रम समपन्न भएको बताए ।
भोक्राहा नरसिंह गाउँपालिकामा सामुदायीक विकास संस्था (सिडियो) सुनसरी मार्फत संचालित सामी परियोजनाले गर्दै आएको कामको बारेमा जनप्रतिनिधिहरुलाई जानकारी दिएको बताए ।
सो परियोजनाले जिल्लाको धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिका गरी चार वटा पालिकाहरूमा कार्यक्रम संचालित रहेको छ ।
वैदेशिक रोजगारलाई सुरक्षित ,मर्यादित एवम् शोषण रहित बनाउन नेपाल सरकार र स्विटजरल्याण्ड सरकार बीच द्विपक्षीय समझौता अनुरूप सो परियोजना संचालित रहेको सामी फरियोजना सुनसरीका कार्यक्रम अधिकृत देवनारायण चौधरीले बताए ।
कार्यत्रममा भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी मेहता, प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता, भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. २ का वडाध्यक्ष आलम अंसारी, वार्ड नं. ३ का वडाध्यक्ष सुकदेव यादव, वार्ड नं. ६ का वडाध्यक्ष राजेशवर प्रसाद साह, वार्ड नं. ७ का वडाध्यक्ष रामचन्द्र यादव, वडा नं. ८ का वडाध्यक्ष हात्तिम अंसारी लगायतका कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो ।
Discussion about this post