इनरुवा । पछिल्लो समय इनरुवा नगरपालिकाकी उपमेयरले बजार अनुगमनमा चासो देखाएकी छिन् ।
इनरुवा नगरपालिकाकी उप मेयर जमुना पोखरेल गौतमले बुधबार खाध्य बस्तुमा मिसावट भएको र अस्वथ्यकर विक्रि वितरण भएको भन्दै गुनासो आएको भन्दै इनरुवा बजार अनुगमन गरेकी छिन् ।
इनरुवा नगरपालिका भित्र सञ्चालनमा रहेका पसल र होटेल तथा चिया, खाना र नास्ता विक्रि गर्ने होटेलसम्म अनुगमन गरेकी छिन् । इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना पोखरेल गौतमले बजार अनुगमनलाई पहिलो प्राथमिकतामा राखेर कार्यको सुरुवात गरेको बताइन् । विभिन्न क्षेत्रको अनुगमनमा निरन्तर लागीपरेकोमा बुधबार मात्रै स्थानीय बजार अनुगमन गरेको बताइन् ।
स्थानीय तहका उपप्रमुख एवं उपाध्यक्ष बजार अनुगमन संयोजक हुने व्यवस्था अनुसार आफ्नो जिम्मेबारी पूर्ण रुपमा निर्वाह गर्ने क्रममा बजार अनुगमनलाई सार्थक, प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रतिनिधि, उद्योग वाणिज्य संघ इनरुवाका प्रतिनिधि, खाध्य तथा गुण नियन्त्रण प्रविधि कार्यालय प्रतिनिधि, इनरुवाका पत्रकार समेतको सहभागितामा अनुगमन गरेको जानकारी दिइन् ।
अनुगमनका क्रममा देखिएको अवस्था र सुधार गर्नुपर्ने बारेमा तत्काल पसले तथा होटल सञ्चालनकलाई सुझाव दिएको र सम्झाई बुझाई गरेको उप प्रमुख पोखरेले बताइन् ।
Discussion about this post