चन्दन रौनियार / दुहबी
सुनसरीको दुहबीमा तेस्रो मेयरकप फुटबल प्रतियोगिता माघ १७ गतेदेखि हुने दुहबी नगरपालिकाले पत्रकार सम्मेलनद्वारा जानकारी गराएको छ । माघ १७ गते देखि माघ २८ गते सम्म दुहबी नगरपालिकाको आयोजनामा हुने मेयरकपमा दुहबी को १२ वटा वडाले प्रतिस्पर्धा गर्ने मेयरकपको संयोजन गर्ने एलेभेन एरोज क्लब दुहबीका अध्यक्ष दिपक राइले जानकारी दिएको छ ।
राईको अनुसार फुटबल क्षेत्र मा दुहबी नगरपालिका भित्रबाट राष्ट्रस्तरका खेलाडी पहिला देखिनै उत्पादन भएको र अझै यसलाई थप उचाईमा पर्याउन नगरपालिकाको छाता संगठन नगरपालिका माहासंघ सँग एन्फाको सम्झौता भैसकेको साथै निकट भविष्यमै देश व्यापी रुपमा नगरपालिका स्तरीय फुटबल प्रतियोगिता हुने दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै दुहबी नगरपालिकाका मेयर गच्छदारले ग्रासरुटबाटै स्थानीय खेलाडी उत्पादन गरि छनौट गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उदेश्यले मेयरकपको आयोजना गरिएको मेयरकपको महत्वको बारेमा प्रकाश पार्दै दुहबीमा चाडैं फुटबल एकेडेमीको स्थापना गर्ने बताएका छन् ।
यता दुहबी ५ स्थित श्री सरस्वती माबिको खेल मैदानमा हुने प्रतियोगितामा प्रथम हुने वडाले उपाधी सहित १ लाख १ हजार नगद तथा शिल्ड मेडल प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले ५१ हजार नगद तथा शिल्ड मेडल प्राप्त गर्नेछन्।
पत्रकार सम्मेलनमा दुहबी नगरपालिकाकी उपमेयर सुनिता दाहाल शाहले शुभकामना मन्तब्य दिएकी छिन् । पहिलो उद्घाटन खेल दुहबी वडा न.६ र वडा न.१२ बिच हुने आयोजकले जनाएको छ ।
Discussion about this post