इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिकाको गाउँ सभा बैठक स्थगीत भएको छ ।
बुधबार बसेको गाउँ सभा बैठकमा पारदर्शीता नभएको भन्दैँ वडाध्यक्षहरुले विरोध जनाएपछि बैठक स्थगीत भएको हो ।
कार्यपालिका बैठकमा समेत विवाद हुदैँ आएको बेला गाउँ सभाको बैठकमा समेत वडाध्यक्षहरुले चालु नीति तथा कार्यक्रम कार्यान्वयन र निर्माण भएको पालिका स्तरीय ऐन कानुन र निमावलीमा चित नबुझेको भन्दैँ बैठक बहिष्कार गरेपछि बैठक २१ गते सम्मका लागि स्थगीत भएको हो ।
बैठक स्थगीत भएको र विरोध जनाएको विषयमा प्रमुख प्रशासकीय अधिकृत चुडामणी गुरागाँइले बैठकमा केही असन्तुष्टीहरु आएको र अध्ययनका लागि समय मागिएकाले माघ २१ गते पून – बस्ने गरी बैठक स्थगीत भएको प्रतिकृया दिए ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाँइले बैठकमा प्रस्तुत भएका विषयहरु अध्ययन गर्नु पर्ने समयमा मागेकाले बैठक २१ गते बस्ने गरी स्थगीत भएको बताए ।
यता एक वडाध्यक्षले पालिकामा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले आफु खुशी गरेको र पालिकाको सवालमा वडाध्यक्षलाई समेत गुम्रहामा पारेकाले विरोध जनाएको दावी गरेका छन् ।
Discussion about this post