• pradeshpoint
  • Pradeshpoint
Wednesday, January 14, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

कोरोना खोपको आससँगै नयाँ प्रजातिको त्रास

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ माघ १५ गते, १५:३३ बजे प्रकाशित
in FEATURE, Uncategorized, मुख्य पाना, स्थानीय खबर
कोरोना खोपको आससँगै नयाँ प्रजातिको त्रास
27
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं / गत जनवरी २० मा एकैदिन बेलायतमा कोरोना भाइरसको सङ्क्रमणबाट एक हजार ८२० जनाको मृत्यु भयो। बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरूले त्यहाँ कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखि अहिलेसम्म यति धेरैको एकैदिन ज्यान गएको यो पहिलो पटक भएको बताए।

अघिल्लो बुधबारै दिएको जानकारीमा त्यस दिन मात्र ४० हजार जनाभन्दा बढी नागरिक संक्रमित भएको जनाइएको थियो। त्यहाँ यति ठूलो सङ्ख्यामा एकैदिन सङ्क्रमित भेटिएको सङ्ख्या एक लाख नाघेको छ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतमा हालै देखिएको नयाँ प्रजातिको भाइरसले अवस्था झनै अस्तव्यस्त भएको बताए। उनले यो नयाँ प्रजातिको सङ्क्रमण बेलायतमा प्रवेश गरेपछि यसले पहिलेकोभन्दा धेरै मानिसलाई सङ्क्रमित बनाएको बताउँछन्।

उनले बेलायतमा कोरोनाको पहिलो ‘वेभ ९तरंग०’ आएर त्यसका कारण उच्च विन्दुमा पुगेका बेलामा भन्दा अहिले यो नयाँ प्रजातिले झन् ठूलो क्षति पुर्‍याएको अनुभव एक पत्रकार सम्मेलनमै सुनाएका थिए।

उनले भने , सो वेभको उच्च विन्दुको समयमा भन्दा यस पटकको यो नयाँ प्रजातिको सङ्क्रमणले कम्तीमा पनि ७८ प्रतिशत बढी मात्रामा नागरिकलाई सङ्क्रमित तुल्याएको कुरा हालैको एक अध्ययनले देखाएको छ।ु

उनले यस अवधिमा एकैदिनमा चार हजार ६०० भन्दा बढी नागरिकलाई अस्पताल भर्ना गर्नुपरेको छ भने अस्पतालमा भेन्टिलेटर र आइसियु वार्डकै समस्या भएको अवस्थासम्म आएको बताउनुभयो। बेलायतले यस्तो अवस्था महामारी शुरु भएको वर्ष दिनयता कहिल्यै भोगेको थिएन।

त्रास नयाँ प्रजातिको

बेलायतका स्वास्थ्य अधिकारीहरूले पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरू दिन प्रतिदिन बढ्दै गएका छन्। यसरी बढ्नुमा पनि नयाँ प्रजातिको भाइरसको कारण हुनसक्ने उनीहरूको भनाइ छ।

उता यहीँबाट नै सुरु भएको भनिएको कोरोनाको नयाँ स्वरूपको भाइरस विश्वका दर्जनौँ देशमा पुगिसकेको छ। विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार सो भाइरस गत हप्तामा मात्र विश्वका ६० भन्दा बढी देशमा पुगिसकेको छ। उक्त संगठनले महामारीको यो स्वरूप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको जनाएको छ।

कारोनो भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा धेरै खतरनाक भएको वैज्ञानिकहरूले बताएका छन्। उनीहरूले पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको पनि यही भाइरसका कारण हुनसक्ने अनुमान गरेका छन्।

उता गत हप्ता बेलायतका प्रधानमन्त्री जोनसोनले यो भाइरस पहिलेको भन्दा धेरै नै खतरनाक रहेको र त्यसैले सबै नागरिकले पहिलेको भन्दा पनि अझ बढी सुरक्षा मापदण्डहरू अपनाउनुपर्ने बताएका थिए। पहिलो पटक गत महिना मात्र इंगल्याण्डको केन्टमा देखिएको यो नयाँ प्रजातिको भाइरस पुरानो भन्दा कम्तीमा पनि ७० प्रतिशत बढी सङ्क्रामक भएर फैलिने खालको रहेको अनुसन्धानबाट देखिएको छ।

बेलायतमा गरिएको एक अध्ययनमा कोरोना भाइरसको पहिलेको सङ्क्रमणमा १ हजार जना सङ्क्रमितमा १० जनाको ज्यान गएको पाइएको थियो भने यो नयाँ प्रजातिको सङ्क्रमणमा भने एक हजार जना सङ्क्रमितहरूमा १३ वा १४ जनाको नै निधन भएको पाइएको छ।

त्यस अध्ययनले पहिलेको सङ्क्रमणका समयमा केही लापरबाही गर्ने गरेका ब्रिटिसहरू यो नयाँ भाइरसको नयाँ प्रजातिले भने उनीहरूमा पहिलेको भन्दा बढी त्रास उत्पन्न भएको पाइएको पनि देखाएको छ।

तर, अहिले आएर भने कतिपय देशमा खोप दिन थालिएकोले नागरिकमा आशा भने पलाएको छ। युरोपका देशहरूमा खोप दिने काम तीव्र बन्दैछ। खोपका धेरै डोजहरू खरिद गर्नेमा युरोपेली देशहरू नै अग्रपंक्तिमा देखिएका छन्। युरोपेली युनियनले आगामी अगष्ट महिनाको अन्तिम सम्ममा विभिन्न युरोपेली देशका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइ सकिने कुरा हालैमात्र जानकारी गराएको थियो। पछिल्लो समयमा यो सङ्क्रमण युरोपकै कैयौँ सहरमा पुगिसकेका पाइएको छ। यसका कारण ती देशमा थप सतर्कता अपनाउने गरिएको छ।

खोपको आस

महामारीको अँध्यारोको वर्षदिन पुग्नै लाग्दा केही नयाँ र सकारात्मक आशाको सञ्चार भएको छ कोरोना खोपको आविस्कारले। जनस्वास्थ्यका मापदण्ड अपनाउनु बाहेकको अर्को विकल्प नरहेको अवस्थामा खोप आएकोले नागरिकमा केही आशाको सञ्चार गराएको पाइएको छ। तर खोप अझै पर्याप्त नभएको अवस्था एकातर्फ छ भने अर्कातर्फ महामारी निवारणको काम खोपले गर्नसक्ने विश्वासिलो आधार भने अभै बनिसकेको छैन।

हाल विश्वका कैयौँ देशमा खोप पुगिसकेको छ तर यसले के प्रतिशतसम्म काम गर्छ भन्ने बारेमा भने फरक फरक तथ्याङ्क भेटिन्छन्। खोपको प्रचलन भइसकेका देशमा पनि यसका नकारात्मक असरहरू ९साइड इफेक्ट० पनि विभिन्न ठाउँमाा देखिएका समाचार आएका छन्। जेहोस, खोपको आविस्कार वैज्ञानिकहरूको बडो संघर्षपूर्ण प्रयासको एउटा परिणाम हो र यसले यो महामारीको औषधी पनि छ भन्ने सन्देश भने दिन सफल भएको छ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधनाम गेब्रियसले हाल देखा परिरहेको विश्वका देशहरू र कोभिड–१९ को खोपका सम्झौताहरूले अहिले तेस्रो विश्वका कतिपय गरिब देशहरूलाई समस्या पर्ने त होइन भन्ने चुनौती बढेको बताउछा् उनले भने “अहिले संसारका देशहरू र कोभिडको खोप निर्माताका बीचमा जारी रहेका सम्झौताहरूले यस्तो अवस्थाको सिर्जना भएको छ कि यसले गरिब देशहरूमा खोप उपलब्ध नहुन सक्ने त्रास बढाएको छ।

उनका अनुसार हाल ९बुधबार सम्म० संसारका कम्तीमा पनि ५० देशमा कोभिडको खोप पुगेको छ। ती सबैजसो देश विश्वका सम्पन्न देशहरूकै सूचीमा पर्दछन्। अनि अर्को महत्वपूर्ण कुरा त के छ भने संसारमा पुगेको कोभिडको खोपमध्ये कम्तीमा पनि ७५ प्रतिशत खोप सम्पन्न देशहरूमा मात्र पुगेको छ। यो अवस्थाले विश्वका गरिब देशहरूको हालत भोलि के होला उनीहरूले आवश्यक र पर्याप्त मात्रामा खोप प्राप्त गर्न सक्लान कि नसक्लान भन्ने चिन्ता बढाएको छ।

महानिर्देशक गेब्रियसले खासमा कोभ्याक्ससँग गरिब देशका लागि भनेर गरिएका कतिपय सहयोग र सम्झौताहरूको नजिकमै विश्वका यी देशहरूले आफूखुशी गरिरहेका सम्झौताले समस्या उत्पन्न गर्ला कि भन्ने लागेको चिन्ता व्यक्त गर्नुहुन्छ।

उनले भने , अरू केही हप्तामा नै कोभ्याक्सका लागि अझै धेरै कोरोना खोपका डोजहरू प्राप्त हुनु जरुरी छ। अन्यथा हामीले गरेका प्रतिबद्धताहरूलाई पनि पूरा गर्न सक्ने अवस्था नरहन सक्छ। म कुनै देश या खोप निर्माता कम्पनीलाई भन्न चाहन्न, मलाई लाग्छ यो कुनै एक देशको मात्र प्रयासले हुने होइन, यो विश्वव्यापी पहलको परिणामले मात्र हुन्छ। जसरी विश्वका देश महामारीबाट प्रताडित भएको अवस्था थियो आज सबैले अरु देश या गरिब देशहरूलाई पनि आफूलाई जस्तै अप्ठेरो परेको होला भनेर सोचिदिनुपर्छ।ु

उता विश्वको सबैभन्दा बढी प्रभावित भएको अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस विरुद्धको खोप कार्यक्रमलाई अगाडि बढाउने वाचा गर्नु भएको छ। सबै अमेरिकीलाई खोप लगाउनु एक चुनौतीपूर्ण कार्य भएको उनको धारणा छ।

अमेरिकाले थप २० करोड डोज कोरोना भाइरसविरुद्ध खोप किन्ने जनाएको छ र यसपछि लगभग ३० करोड अमेरिकीलाई खोप दिन पर्याप्त हुने बाइडेनले बताए छन्। यस भाइरसको सङ्क्रमणबाट अहिलेसम्म सबैभन्दा बढी प्रभावित देखिएको अमेरिकामा कोरोनाजन्य कारणबाट चार लाख २० हजार व्यक्तिको मृत्यु भइसकेको छ। त्यहाँ दुई करोड ५० लाख व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन्।

शुरुका महिनाहरूमा निकै प्रभावकारी रुपमा महामारीको नियन्त्रण गरेको भनिएको बेलायत पछिल्लो समयमा बढी प्रभावित देखिन्छ। बेलायतमा एक लाख भन्दा बढी व्यक्तिको यही महामारीका कारण मृत्यु भएको छ।

यो आलेख तयार पार्दासम्म विश्वभरमा कोरोना सङ्क्रमितको सङ्ख्या १० करोड नाघेको छ। विश्वभर यसबाट २१ लाख भन्दाबढी व्यक्तिको मृत्यु भइसकेको छ।

महामारीले विश्वलाई सताएको वर्ष दिनभन्दा बढी भयो। यसबीचमा विश्व समुदायसँग चुपचाप लागेर हेर्ने र यसबाट बच्न सतर्कता अपनाउने बाहेकको अर्को कुनै विकल्प पनि रहेन। तर अहिले खोपको आविस्कार भएकोले यसबाट केही राहातको महसुस विश्व समुदायले गर्न पाएको छ।

खोपका पनि केही सीमितताहरू छन् जस्तो कि यसले पूर्ण रुपमा यो भाइरस निर्मूल पार्न सक्दैन भने अर्कातर्फ यो लगाएपछि आवधिक रुपमा यसका डोजहरू थप्दै पनि जानुपर्ने हुनसक्छ।

यसरी एकातर्फ खोपले आशा जगाएको छ भने अर्कातर्फ यो भाइरसका विविधि विकसित रूपहरू झन् बलियो गरी देखिँदै गएकाले पनि मानिसमा ढुक्क भएर बस्ने अवस्था देखिँदैन। नयाँ प्रजातिको भाइरसका विरुद्ध पनि पहिलेकै जस्तो लड्नुपर्ने उदाहरण युरोपेली देशहरूले प्रस्तुत गरिरहेका छन्। त्यस्तो अवस्था आउन नदिन अझै पनि विश्व समुदाय यसका नियन्त्रणात्मक विधिहरूमै बढी केन्द्रित हुनु जरुरी देखिन्छ।

Related Posts

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण
FEATURE

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस ३० गते, १९:५२ बजे प्रकाशित
0

इनरुवा । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाले पालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूमा PAMS V2 र EHMIS प्रणाली अद्यावधिक तथा प्रभावकारी रूपमा सञ्चालन गर्न...

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर
FEATURE

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस ३० गते, १९:३८ बजे प्रकाशित
0

इटहरी । सानै उमेरदेखि विद्यार्थीको जग बलियो बनाउन इटहरी वडा नं. ४ मा रहेको किन्डरपिलर एकेडेमीले विद्यार्थीहरुलाई खेलकुद, सिर्जनात्मक र...

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

२०८२ पुस ३० गते, १९:५२ बजे प्रकाशित
सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

२०८२ पुस ३० गते, १९:३८ बजे प्रकाशित
भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist