सुरेन्द्र मेहता / चिरौली ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नंं. २ (अकाहा) मा दुर्गा मन्दिर निर्माण कार्य शूरु भएको छ ।
भोक्राहा नरसिंह गाउँपालिका वार्ड न . २ अकाहा बजारमा रहेकोे दुर्गा मन्दिर वडाकै नमूना मन्दिर निर्माण हुन लागेको वार्ड नं. २ का वडाध्यक्ष आलम अंसारीले बताए ।
भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. २ का वडाध्यक्ष अंसारीका अनुसार दुर्गा मन्दिरको स्थापना २०२६ साल भएपनि मन्दिरको विकास पूरानै शैलीमा रहेको थियो ।
अकाहा बजारमा रहेको मन्दिर बजारको नमुना मन्दिर भएकोले वडा कार्यालयको पहलमा निर्वाचन क्षेत्र विकास कोष तथा गाउँपालिकाको वित्तिय सहयोगमा मन्दिर निर्माण शुरु हुन् लागेको बताए ।
सो मन्दिर निर्माणका लागि सुनसरी क्षेत्र न. ४ का सांसद ज्ञानेन्द्र बाहदुर कार्कीको संसदीय विकास कोष बाट रु १० लाख भोक्राहा नरसिंह गाउँपालिकाको गाउँपालिका स्तरीय योजनाबाट रु. १० लाख र वडा नं. २ को वडा स्तरीय योजना बाट रु. ५ लाख गरि कुल २५ लाख रूपैयाँमा दुर्गा मन्दिर निर्माण शुरु भएको मन्दिर निर्माण समितिका सचिव इन्द्रानन्द यादवले जानकारी दिए ।
Discussion about this post