इनरुवा / सुनसरी सदरमुकाम इनरुवा भएर बग्ने सुनसरी खोलामा बाढी आएको र केहीको घर बगाएको सूचना स्थानीय सन्तोश शर्माले प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेललाई गराउनुभयो ।
प्रजिअ पोखरेलले कहाँ , कसरी, कती, के के भएको ? भनेर सोध्नुभयो, सूचनाकर्ता शर्माले इनरुवा नगरपालिका ४ रेडक्रस ग्राममा सुनसरी खोलामा आएको बाढीले केहीको घर बगाएको र केही मानिस फसेको बताएपछि वहाँले तत्काल उद्धार टोली, सुरक्षा निकाय र एम्बुलेस समेतलाई खबर गरि घटना स्थलमा पठाउनुभयो ।
यो घटना क्रम सनिबार विहान रेडक्रस सोसाईटी र जिल्ला विपत व्यवस्थापन समिति सुनसरीले आयोजना गरेको कित्रिम घटना अभ्यास कार्यक्रमको हो । जिल्लामा आउन सक्ने आपतकालिन कार्यमा कसरी तयारी गर्ने, त्यसमा सफलता हासिल गर्ने र बढी क्षती हुनबाट जोगाउन प्रतिकारात्क क्षमताको पर्दशन गर्न कित्रिम घटना अभ्यास सञ्चालन गरेकोमा प्रमुख जिल्ला अधिकारीलाई सोही बीचमा सुनसरी खोलामा आएको बाढीमा मानिस फसेको र डुबानले केही मान्छेहरु बाहिर सरक्षित स्थानको खोजीमा रहेको सूचना आएको थियो ।
घटनाबारे थाहा पाउने बित्तिकै प्रजिअले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको दुई टोली रबरको बोट लिएर खोलामा पुगे । नभन्दै ४ जना मानिस डुवानको जोखिममा परेका रहेछन् । सेना र सशस्त्र प्रहरीको उद्धार टोली पुग्दा उनीहरु खोला किनारमा आधा डुबेको अवस्थामा थिए । सबैलाई सेना र सशस्त्र प्रहरीले उद्धार गरेर बाहिर ल्याए ।
खेलाको छेउमा ल्याएपछि डुवान पीडितलाई रेडक्रसको टोलीले प्राथमिक उपचार गयो । केहीबेरमा सबैजनालाई थप उपचारका लागि इनरुवा अस्पताल पठाए । खोलामा केही मान्छे फसेको, उद्धार गर्न सेना र सशस्त्र प्रहरीको टोली रेडक्रम ग्राम गएको गाउँलेले खुब ध्यान दिएर हेरिरहेका थिए ।
यो घटना भने वास्तविक थिएन । जिल्ला विपत व्यवस्थापन समितिले बाढी विपत सम्बन्धमा कृत्रिम घटना अभ्यास गरेको थियो । बाढी फसेका व्यक्तिलाई कसरी उद्धार गर्ने भन्ने अभ्यास गरिएको थियो । सुनसरी खोलामा बाढी आउदा पहिला डुब्ने गाउँ नै रेडक्रस गाउँ भएकाले केहीले कृत्रिम घटना अभ्यासलाई वास्तविक रुपमा बुझेका थिए ।
प्रमुख जिल्ला अधिकारी पोखरेल, प्रहरी उपरीक्षक (एसपी) कमल थापा, सशस्त्र प्रहरी उपरीक्षक, नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष उमेश थापा, भोक्राहाका रेडक्रस सभापती युवराज दाहाल, विष्णु मण्डल, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, उपप्रमुख जमुना गौगम पोखरेल, रामधुनीका प्रमुख जयप्रकाश चौधरी, हरिनगरका अध्यक्ष गफार अंसारी, कोशीका अध्यक्ष ऐयुव अंसारी सहितको उपस्थितिमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले डुवानमा परेकालाई उद्धार गर्ने बारेमा कृत्रिम घटना अभ्यास गरेका थिए ।
जिल्लाको सदरमुकाम सहित सुनसरी खोलाको तटीय क्षेत्रमा पर्ने भोक्राहा नरसिंह, हरिनगर गाउँपालिकासम्म डुवानको जोखिममा पर्ने गर्दछ । यो वर्ष भने डुवान आएको छैन ।
यद्यपि, जिल्ला विपत व्यवस्थापन समितिले उद्धार टोली तयारी अवस्थामा राखेको र अभ्यासले थप उर्जा मिल्ने विश्वासका साथ कित्रिम अभ्यास गरेको जनाएको छ । नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोलीले डुवानमा फसेकालाई बोटमा राख्ने, बाहिर ल्याउनेदेखि बीचमै बोट पल्टिएमा उद्धार गर्ने तरिकाहरु देखाएका थिए भने उद्धार पछि उपचार र विस्थापितहरुलाई अबास सहित राहतको कार्यक्रमसम्म अभ्यास गरेर देखाएको थियो ।
जिल्ला विपद व्यवस्थापन समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सुनसरीद्धारा सञ्चालित विपत पूर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमा कार्यक्रमको प्राविधिक सहयोगमा अभ्यास कार्य गरिएको हो । कार्यक्रमका प्रमुख आथिति इनरुवा प्रमुख राजन मेहताले विभिन्न समयमा उत्पादन गरिएका सामुदायिक विपद उद्धारकर्ता हरुलाई पुर्नताजगी गराउने र अभ्यासमा लगाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएकोमा धन्यवाद दिनुभयो ।
यसैबिच आगलागीको समेत कित्रिम अभ्यास गरिएको जनाएको छ । कार्यक्रममा वोल्ने वक्ताहरुले यस्ता अभ्यासहरु नियमित भएमा समुदाय चनाखो हुने र विपद पछि पनि सहजीकरण गर्न सहज हुन सक्ने अवस्थामा पुग्ने बताएका थिए ।
Discussion about this post