इनरुवा । नेपाली काग्रेँसको भातृ संगठन नेपाल तरुण दल क्षेत्रीय कार्य समिति क्षेत्र नं. ४ विरोध सभाको तयारीमा जुटेको बताएको छ ।
नेपाल तरुण दल क्षेत्रीय कार्य समिति क्षेत्र नं. ४ का अध्यक्ष अफजल हुसैँनका अध्यक्षतामा शनिबार बसेको क्षेत्रिय बैठकमा माघ १९ गते इटहरीमा हुने बिरोध कार्यक्रममा विभिन्न पालिकाबाट हजारौँ युवा उत्रारिने तयारीमा जुटेको बताएको छ ।
नेपाल तरूण दलका क्षेत्र नं. ४ का अध्यक्ष हुसैँनले बैठकमा भने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेकोले त्यसको विरोध गर्न आफ्ना मातहतका क्षेत्रिय कार्यसमितिहरूलाई निर्देशन दिएको हो ।
तरूण दलका अध्यक्ष हुसैँनले शनिबार क्षेत्रिय कार्यसमितिको बैठक बोलाई कांग्रेसले घोषणा गरेका प्रदर्शनलाई थप प्रभावकारी र शशक्त बनाउन निर्देशन दिएका छन् ।
‘विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउनका लागि तरूण दल क्षेत्र नं. ४ का क्षेत्रिय समितिले माघ १९ गते नेपाल तरुण दल जिल्ला कार्य समितिले केन्द्रिय निती निर्देशन अनुसार गर्न लागेको बिरोध प्रर्दशनमा तरुणलाई सक्रिय रुपले सहभागी गर्न र गराउन आफुहरु बिशेष तयारीमा जुटेको अध्यक्ष हुसैँनले बताए ।
Discussion about this post