सुनसरी – सशस्त्र प्रहरी बलको BOP लौकही टोलीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। सुनसरीको कोशी गाउँपालिका-१ भन्सार लाइनबाट पैदल नेपाल प्रवेश गर्दै गरेको अवस्थामा बराहक्षेत्र नगरपालिका-५ निवासी सागर चौधरीलाई नियन्त्रणमा लिइएको हो।
सशस्त्र प्रहरी बल नम्बर ४ गण हेडक्वाटर सुनसरीले दिएको जानकारी अनुसार चौधरीसँगबाट १५ पत्ता ट्रामाडोल (Tramanil) बरामद गरिएको छ। यो औषधि सामान्यतया दर्द कम गर्न प्रयोग गरिन्छ, तर यसको अत्यधिक प्रयोगले नशालु प्रभाव उत्पन्न गर्न सक्ने भएकाले नेपालमा यसलाई लागुऔषधको श्रेणीमा राखिएको छ।
चौधरीलाई नियन्त्रणमा लिएर कानूनी कारबाही प्रक्रिया अघि बढाइसकिएको प्रहरी स्रोतले जनाएको छ। पछिल्ला केही महिनामा नेपाल-भारत सीमा क्षेत्रमा लागुऔषध ओसारपसारको क्रम बढ्दै गएकाले सुरक्षाकर्मीले सीमा क्षेत्रमा निगरानी कडा बनाएका छन्। स्थानीयवासीहरूले BOP लौकहीका सशस्त्र प्रहरी निरीक्षक आवेश पुन नेतृत्वको टोलीले यस्ता अवैध गतिविधिहरूलाई नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै आएका छन्।
“प्रहरी निरीक्षक पुनको नेतृत्वमा यहाँका तस्करी र लागुऔषध कारोबारलाई घटाउन धेरै कडा कदम चालिएका छन्,” स्थानीय एक बासिन्दाले बताए। उनले थपे, “पछिल्लो समय निरीक्षक पुनको टोलीले सीमा क्षेत्रमा निगरानी बढाएर लागुऔषध नियन्त्रणमा महत्त्वपूर्ण सफलता हासिल गरिरहेको छ, जसले यस क्षेत्रको सुरक्षा र शान्ति कायम गर्न मद्दत पुर्याएको छ।”
सशस्त्र प्रहरी बलले जनस्वास्थ्य र समाजमा नकारात्मक असर पार्ने यस्ता आपराधिक गतिविधिहरूको रोकथामका लागि निरन्तर रूपमा सक्रियता बढाइरहेको जनाएको छ।










Discussion about this post