इनरुवा । सुनसरी बहुमुखी क्याम्पस इनरुवामा कार्यरत्त कर्मचारी दिनेश मेहतालाई विभिन्न माग राखी ज्ञापन पत्र बुझाएका छन् ।
विविएस तेश्रो वर्षमा अध्ययनरत्त विद्यार्थी सेराज हुसैनको नेतृत्वमा २ सय २२ विद्यार्थीहरुको हस्ताक्षर सहित ज्ञापन पत्र बुझाएको हो ।
क्याम्पस प्रमुख इनु भट्टराईले आफु खुशी क्याम्पसमा पढाई हुदैँ आइरहेको अंग्रेजी माध्यमलाई हटाई नेपाली माध्यममा अध्ययन अध्यापन गराएको कारण क्याम्पसमा अध्ययनरत्त अंग्रेजी माध्यमका विद्यार्थीहरु क्याम्पस छोड्न बाध्य बनेका छन् ।
यता क्याम्पसका कर्मचारी मेहतालाई बुझाएको ज्ञापन पत्रमा ६ बुदेँ माग सहित आन्दोलनको कार्यक्रमहरु समेत घोषणा गरेको छन् ।
क्याम्पसमा अध्ययनरत्त विद्यार्थीहरुले बुझाएको ज्ञापन पत्रको १ नं. बुदाँमा क्याम्पस प्रमुख भट्टराईले कसैसँग सल्लाह र सुझाव नलिई अंग्रेजी माध्यम हटाएकोमा पून अंग्रेजी माध्ययममा पढाई संचालन गर्नपर्ने, क्याम्पस व्यावस्थापन समिति, प्रध्यापक संघ र विद्यार्थीहरु बीच नियमिति बैठक बस्नु पर्ने लगायतका माग राखेका छन् ।
भने माघ २० गते भित्र माग पुरा नभएको खण्डमा चरणवद्ध आन्दोलनको घोषणा समेत गरेका छन्. ।
माग पुरा नभएको खण्डमा माघ २१ गते १२ बजे देखी १२ः३० बजे सम्म नारा जुलुस गर्ने, माघ २२ गते दिनको १२ बजे देखी १२ः२० सम्म मोटरसाइकल र्याली प्रर्दशन गर्ने, माघ २३ गते क्याम्पस प्रमुखको् कार्यकक्षमा तलाबन्दी सहित नाराबाजी गर्ने र माघ २४ गते सम्म माग पुरा नभएमा क्याम्पस प्रशासन कार्यालय अगाडी धर्ना गर्ने विविएस तेश्रो वर्षमा अध्ययनरत्त विद्यार्थी हुसैनले जानकारी दिए ।
Discussion about this post