इनरुवा । सुनसरी बहुमुखी क्याम्पस इनरुवामा अध्ययनरत्त विद्यार्थीहरुले विगत २ महिना अगाडी देखी अन्दोलीत थिए ।
आन्दोलीत विद्यार्थीहरु पटक पटक क्याम्पस प्रमुख इनु भट्टराईलाई ज्ञापन पत्र, ध्याणकष्र्ण पत्र बुझाएपनि कुनै चासो नलिएको विविएस तेश्रो वर्षमा अध्ययनरत्त विद्यार्थी सेराज हुसैनले जानकारी दिए ।
क्याम्पसमा अध्ययनरत्त विद्यार्थी एंव अन्दोलनका नेतृत्वकर्ता विद्यार्थी हुसैनका अनुसार बाध्य भएर माघ १८ गते आइतबार क्याम्पसमा कार्यरत्त कर्मचारी दिनेश मेहता मार्फत क्याम्पस प्रमुख भट्टराईलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझाउने क्रममा इनरुवाबाट प्रकाशित हुने जनशताब्द्धी दैनिकका पत्रकार समेतलाई बोलाएका थिए ।
सोमबार जनशताब्द्धी दैनिक पत्रिकामा समाचार प्रकाशित भएपछि क्याम्पस प्रशासन र क्याम्पस संचालक समितिले तत्काल विद्यार्थीहरुको माग सुनवाई गर्न मंगलबार बैठकबसी आन्दोलनरत्त विद्यार्थीहरुसँग ६ बुदेँ सहमती गरेका छन् ।
आन्दोलीत विद्यार्थीहरुसँग क्याम्पस संचालक समितिले कक्षा ११ र १२ को अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने , संचालक समिति, प्रध्यापक संघ र विद्यार्थी संगठनहरु बीच प्रत्येक महिनाको अन्तिममा नियमित बैठक गर्ने, लगायतका सबै माग पुरा गर्ने सहमति भएपछि आन्दोलीत विद्यार्थीहरु आन्दोलन फीर्ता लिएको प्रेस विज्ञप्ती जारी गरी जानकारी दिएका छन् ।
Discussion about this post