इनरुवा । भारतबाट भन्सार छलेर नेपाल ल्याउदै गरेको ५२ लाख भन्दा बढीको समानहरुसहित ट्रक र बस सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबारदेखि मंगलबारसम्म चेकिङको क्रममा भन्सार छलेर ल्याउदै गरेको खाद्यान्न, लत्ता कपडा, स्टिलका भाडा वर्तन, सूर्तीजन्य पदार्थ, भैँसीको पाडा नियन्त्रणमा लिइएको हो ।
ती सबैको मूल्य ५२ लाख ८५ हजार ३ सय ३५ रुपैँया रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । अवैध सामान ढुवानीमा प्रयोग भएको को १ ख ७१५३ नम्बरको ट्रक र बा ४ ख ८०६१ नम्बरको बसको चालक पनि पक्राउ परेका छन् ।
वरामद भएको सामानहरुलाई आवश्यक कारबाहीको लागि सेतुबन्धु भन्सार कार्यालय कोशी ब्यारेज पठाइएको प्रहरीले जनाएको छ ।
Discussion about this post