धनकुटा / ब्लड क्यान्सर पीडित छथर जोरपाटी गाउँपालिका–१ की साक्षी लिम्बूलाई तीन लाख १४ हजार १०५ रुपैयाँ सहयोग प्रदान गरिएको छ। उनको काठमाडौंको कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ।
साक्षीको उपचारका लागि देश तथा विदेशबाट संकलित रकम बुधबार धनकुटामा बुवा गणेश लिम्बूलाई हस्तान्तरण गरिएको हो। धनकुटाको सहिदभूमि गाउँपालिका–७ घर भई हाल जापानमा रहेका मिलन छिलिङको अगुवाइमा संकलन गरिएको रकम हस्तान्तरण गरिएको हो।
साक्षीको गत फागुन ९ गतेदेखि उपचार भइरहेको र २४ मेन्टिनेस गर्नुपर्नेमा ४ मेन्टिनेस सकिएको गणेशले बताए। उनले पहिलेको अवस्थामा भन्दा अहिले साक्षीको स्वास्थ्यमा धेरै सुधार आएको बताए। उनले अझै अढाई वर्ष काठमाडौं बसेर उपचार गर्नुपर्ने बताए। र, सहयोग गर्ने सबैलाई धन्यवाद दिए।
सहयोग रकम शिक्षा विकास तथा समन्वय इकाई धनकुटाकी प्रमुख मोहन राईले हस्तान्तरण गरेकी हुन्। रकम संकलन गर्ने छिलिङ सहिदभूमि–७ को सिद्धदेवी माविका पूर्वशिक्षक समेत रहेकाले सोहि विद्यालयको आयोजनामा रकम हस्तान्तरण गरिएको हो।
Discussion about this post